शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – विदेशमा रहेका नेपालीहरुलाई मतदान गर्न पाउने सुबिधा दिलाउन निर्वाचन आयोगले अध्ययन थालेको छ ।

आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवका अनुसार विदेशमा रहेका नेपालीलाई सहज र सुलभ तरिकाबाट मतदान गर्न पाउने ब्यवस्था गर्न आयोग अध्ययनमा लागेको बताउनुभएको छ ।

प्रमुख आयुक्त यादवले विदेशमा रहेका नेपालीलाई अनलाइनमार्फत् नामावली संकलन र अनलाइनबाटै मतदानको व्यवस्था गर्न आवश्यक पर्ने कम्प्युटर सफ्टवेयर निर्माणमा आयोग लागिरहेको बताउनुभयो । प्रविधिमा नगएसम्म यो संभव नहुने भएकोले सफ्टवेयरको निर्माणमा लागेको प्रमुख आयुक्त डा. यादवको भनाई छ ।

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन यसअघि पनि अध्ययन गरिएको भए पनि त्यसले मुर्त रुप लिन नसकेको बताउंदै उहांले आयोग अहिले गम्भीर र संवेदनशील भएर काम गरिरहेको जानकारी दिनुभयो । ***

तपाईको प्रतिक्रिया