शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – संचारकर्मी तथा गायक राजा राजेन्द्र धनाडीले बजारमा ल्याएको तीज गीत ‘लाहुरेको छोरो मत, बालै फरर’ ले निकै चर्चा बटुली रहेको छ । आफ्नो पाचौं सौगात रुपमा तीज गीत ‘बालै फरर’ स्रोताको माझमा पस्कनु भएका धनाडीको तीज गीतले चर्चा पाउन थालेको हो ।

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीको तल्लोस्वराड शिवनाथ गाउपालिकामा बुवा खेम सिंह धनाडी र आमा गोमती धनाडीको कोखबाट पहिलो सन्तानको रुपमा जन्मनु भएका गायक तथा सञ्चारकर्मी धनाडी बिगत ३ बर्ष देखी धनगढीस्थित रेडियो सुदूर सन्देशमा कार्यरत हुनुहुन्छ । सञ्चार क्षेत्रसगै गीत संगितको क्षेत्रमा आफनो छुट्टै पहिचान बनाउने सपना उहाँको रहेको छ ।

तीज गीत ‘बालै फरर’ मा मधु सुदन डांगीको शब्द र हरी थापाको संगित रहेको छ भने गायक राजा राजेन्द्र धनाडी र गायिका निरुता कालिराजको स्वर रहेको छ । उक्त म्युजिक भिडियोमा मोडेल रिना थापा मगर, धिरेन्द्र खाती र हिराज सोनीको अभिनय रहेको छ । विक्रम चौहानको निर्देशन रहेको गीतलाई बासु बरालले छायांकन गर्नु भएको हो । वन वे फिलिम्स प्रा.लि.बाट बजारमा सार्वजनिक भएको छ ।

 

तपाईको प्रतिक्रिया