शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – तिज गितका हिरोकै रुपमा चिनिएका गायक पशुपति शर्मा यति बेला तिजका गित लेख्न गाउन र नाच्नमै ब्यस्त हुनुहुन्छ । यो पटक पनि थुप्रै गित बजारमा ल्याइसक्नुभएका शर्माले गायिका जानकी तारमी मगरसँगको सहकार्यमा मेयरनीको पोई बोलको तिज गित बजारमा ल्याउनुभएको छ ।

जुन गित भर्खरै मात्र युटुवमा सार्वजनिक गरिएको छ । पोहोर साल सेल रोटी बेचेर हिट भएका यो जोडी अहिले मेयरनीको पोइ लिएर आएका छन् । स्थानीय तहको निर्वाचन भर्खरै सकिएकाला यसैलाई आधार बनाएर पशुपति शर्माले यो गित लेख्नुभएको हो ।

लय शब्द पशुपतिको रहेको यस गितमा आवाज पनि जानकी र पशुपति कै रहेको छ । अभिनय पनि उहाँहरुले नै गर्नुभएको छ । यो गितको बजार ब्यवस्थापन भने सनराईज म्युजिक प्रा.लीले गरेको छ ।

तपाईको प्रतिक्रिया