शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – भोजपुरको एक माछा पोखरीमा तीन जना बालबालिका मृत अवस्थामा भेटिएको छ । अरुण गाउँपालिका–१, प्याउलीको पोखरीमा शनिबार बिहान ती बालबालिका मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार १६ वर्षीय रञ्जित सापकोटा, १४ वर्षीया सुष्मा फुयाँल र आठ वर्षीय प्रदीप फुयाँल मृत भेटिएका हुन् । प्रहरीले प्याउलीको मराङडाँडामा स्थानीय तोरन कार्कीको माछापोखरीमा उनीहरू मृत भेटिएको जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान हुँदैछ ।

तपाईको प्रतिक्रिया