शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

चितवन – चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा आज दिउँसो पनि गाडी चलाउन दिइने भएको छ ।
सडक विस्तारका लागि दिउँसो १० बजेदेखि ४ बजेसम्म बाटो बन्द गरिने गरेकोमा आज रातिदेखिका गाडी रोकिँदा लामो जाम भएकाले त्यसलाई खुलाउन दिउँसोमा पनि गाडी चलाउन दिइने ट्राफिक प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ । पहिरोका कारण चितवनबाट काठमाडौं र पोखरालगायत क्षेत्रमा जाने र आउने सवारीको लामो लाइन लागेको छ ।
यसैबीच, आज रातिदेखि अबरुद्ध भएको चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चार किलो, दुई किलो, खहरे र कालीखोलामा पहिरो खसेर आज रातिदेखि बिहानसम्म सडक अबरुद्ध भएको थियो । तर चारै ठाउँमा गएको पहिरो हटाएर सडक सन्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गत शुक्रबार मात्रै कालिखोला नजिकै पहिरो खसेर १७ घन्टापछि बाटो खुलेको थियो । सो पहिरोले बगाएर दुई प्रहरीको मृत्यु भएको थियो भने भ्यानसहित दुई प्रहरी बेपत्ता छन् ।

तपाईको प्रतिक्रिया