शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोधलाई जारी राख्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आज सिंहदरवारबाट राष्ट्रको नाममा सम्बोधन गर्नुहुने भएको छ ।  आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्यलय सिंहदरवारबाट प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

प्रधानमन्त्रीले मंगलबार संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेपनि एमालेले अवरोध गर्ने भएपछि संसद बैठक आज विहान ११ बजेका लागि सारिएको थियो । तर, आज पनि सहमति नजुटेपछि संसद बैठक भोलि चार बजेसम्मका लागि स्थगित गरिएको छ ।

यसैबीच प्रधानमन्त्री दाहालले सिंहदरबारबाटै राजीनामा दिन सक्ने बताइएको छ । तर, प्रेस संयोजक आचार्यले भने प्रधानमन्त्रीको सम्बोधनबाट राजीनामा आउँछ, आउँदैन भन्ने विषय एकीन भन्न नसकिने बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया