शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

खोटाङ – स्थानीय तहको चुनावका लागि खोटाङमा दश दिनको अवधिमा १२ शिक्षकले राजीनामा दिएका छन् । स्थानीय तहको चुनावमा गाउँपालिकाको प्रमुख र वडा प्रमुखमा चुनाव लड्नका लागि वैशाख ३ गते यता एक दर्जन शिक्षकको राजीनामा आएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताउनुभयो ।

शिक्षा कार्यालयका अनुसार सिमपानी क्याम्पस सिमपानीका प्रमुख राजनप्रसाद ढकाल, माक्पा माबिका शिक्षक बिश्वनाथ निरौला, सरस्वती माबि डाँडाखर्क छितापोखरीका शिक्षक केशवराज कार्की, जनता माबि बतासेका शिक्षक बसन्त राई, पञ्चकन्य आधारभुत बिद्यालय डाँडागाउँका शिक्षक बिमल खड्का, सरस्वती प्राबि पौवासेराका शिक्षक हरिकुमार राईको राजीनामा आएको छ ।

यस्तै, हिरा प्राबि महेश्वरीका शिक्षक राजेशकुमार राजभण्डारी, राष्ट्रिय माबि बासपानीका शिक्षक खगेन्द्रबहादुर गुरुङ, प्रतिभा प्राबि मात्तिमका शिक्षक रोहित राई, शारदा माबि हौंचुरका शिक्षक यज्ञनारायण श्रेष्ठ, चन्द्र प्राबि सिमखर्क सुंदेलका शिक्षक कालिकाप्रसाद रिजाल र डाँडाखर्क प्राबि बराहपोखरीका ढाकबहादुर कार्कीको राजीनामा आएको शिक्षा कार्यालयले जनाएको छ । राजीनामा दिने अधिकांश शिक्षकले उम्मेद्वारका लागि दौडधुप गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया