शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

प्रायः दुलाहा र दुलहीको उमेरमा केही महिना वा वर्षको फरक पर्नु स्वाभाविक हो । तर आठ वर्षको बच्चोले हजुरामा उमेरकी ६१ वर्षीया महिलासँग विवाह गरेर सबैलाई आश्चर्यमा पारेका छन् ।


घटना दक्षिण अफ्रिकाको हो । एकसट्ठी वर्षीया शाबानगूले आठ वर्षीय सानेले म्यासिलेलासँग विवाह गरिन् । श्वान नामक ठाउँमा यो अचम्मको विवाह सम्पन्न भएको थियो ।

प्राथमिक विद्यालयमा पढ्ने सेनेले र शाबानगूको बिहेमा करीब सय पाहुनाले भाग लिएका थिए ।

म्यासिलेलाकी आमा पेसेन्सलाई किन यस्तो बेमेल बिहे गराएको भनी सोध्दा उनले भनिन्, ‘म्यासिलेलाका हजुरबाले मर्नुअघि नातिको बिहे देख्नपाए हुन्थ्यो भन्नुभयो । उहाँकै इच्छा पूरा गर्न हामीले छोरोको बिहे गरिदियौं ।’

हजुरबाको इच्छामुताबिक म्यासिलेलाको बिहे नगर्दा परिवारमा नराम्रो हुने पुजारीले बताएपछि यो विवाह गरिएको थियो । त्यसका लागि कोही नभेटिएपछि ६१ वर्षीया शाबानगू फेला परिन् ।

यो विवाह परम्परा निर्वाह गर्नका लागि मात्र भएको हो । यसको कुनै कानूनी आधार छैन ।

तपाईको प्रतिक्रिया