शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – सामसुङले नेपाली बजारमा एस ८ र एस ८ प्लस स्मार्टफोन ल्याएको छ । वैशाख २२ गतेबाट नेपाली बजारमा किन्न सकिने यी फोन बुधबारदेखि बुकिङ गर्न सकिने सामसुङले जनाएको छ ।

काठमाडौं एक कार्यक्रम गरेर ग्यालेक्सी एस ८ र एस ८ प्लस बिक्रीको सुरुवात गरिएको हो ।

ग्यालेक्सी एस ८ को मूल्य ८८ हजार ९ सय रुपैयाँ छ । भने ग्यालेक्सी एस ८ प्लसको मूल्य भने ९८ हजार ९ सय छ । ग्यालेक्सी एस ८ को स्क्रीन ५.८ को रहेको छ भने ग्यालेक्सी एस ८ प्लसमा ६.२ इन्चको स्क्रीन छ ।

यी दुबै फोनको ६ महिनाका लागि इन्स्योरेन्सको पनि व्यवस्था छ । यसका खरिदकर्तालाई आठ महिनाको लागि ८ जिबीको डाटा प्याकको पनि सुबिधा रहेको सामसुङले जनाएको छ ।

यी मोबाइलमा सामसुङको लोगोलाई फोनको फ्रन्टबाट हटाइएको छ । होम बटनलाई हटाएर एउटा आइकनलाई स्क्रीनमा लगाइएको छ । यी फोनका डिस्प्लेको १८:५:९ को अनुपातका कारण दुई एप ‘साइड बाइ साइड’ चलाउन सकिन्छ ।

यी फोनको फ्रन्ट क्यामरा ८ मेगापिक्सलको छ र यसको अटोफोकसलाई तीव्र बनाइएको छ । पछाडिको क्यामरा १२ मेगापिक्सलको छ ।

तपाईको प्रतिक्रिया