शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

आमिर खान, शाहरुख खान र सलमान खान । कोही मानुन् या नमानुन्, साँचो यही हो पछिल्लो २५ वर्षदेखि यी तीन नाम बलिउडमा लगातार राज गरिरहेका छन् । अड्डा जमाइ रहेका छन् । बलिउडको सबैभन्दा बढी कमाउने चलचित्र यिनैका नाममा छन् । यिनले प्रायः सबै अभिनेता, अभिनेत्री र निर्देशकसँग काम गरेका छन् ।
हालै एउटा कार्यक्रमका क्रममा आमिर खानलाई यसै सम्बन्धी प्रश्न गरियो । उनले गज्जबको जवाफ दिए । आमिरले यी तीन खानको कामप्रति र चलचित्रप्रतिको छनौटको सिद्धान्त फरक रहेको बताए । उनले भने, “यही फरक सिद्धान्तका कारण हामी २५ वर्षसम्म समयसँगै मजबुत हुँदै गयौँ ।”
यति मात्र होइन आमिरले आफ्नो, शाहरुखको र सलमानको स्टारडममाथि पनि कुरा गरे । आफ्नो स्टारडमलाई लिएर कुरा गर्ने मामिलामा आमिरलाई निकै थोरै मात्र देखिन्छ ।
यहाँ हेरौँ फिल्मीबिटको रिपोर्टमा आधारित यो सामग्री ‘के भने आमिरले ?’

हामीमाथि औँलो उठाउन सकिँदैन 
शाहरुखको पृथक स्टाइल र बाटो छ । मेरो अलग तौरतरिका र मार्ग छ र सलमानको छुट्टै छ । यस्तो अवस्थामा कसैलाई पनि औँल्याउनु गलत हुन्छ ।

२५ वर्षको स्टारडम
मलाई लाग्छ, कोही माथि छ, जसले यो गरिरहेको छ । आमरूपमा स्टारडम सातदेखि आठ वर्षसम्मको हुन्छ । धेरै भयो भने १० वर्ष । १५ वर्ष अत्यधिक धेरै हुन्छ । तर २५ वर्ष, यो शानदार हो । म शब्दद्वारा यसलाई बयान गर्न सक्दिनँ ।

पृथक सिद्धान्त
सलमान, शाहरुख हुन् या म, हामी तीनैजनाको काम गर्ने र चलचित्र छनौट गर्ने फिलोसोफी धेरै पृथक छ । यसैले हामी विगत समयसँगै साथै छौँ र मजबुत पनि छौँ ।

उत्कृष्ट अभिनेताको अवार्ड
सन् २०१६ डिसेम्बरमा रिलिज भएको ‘दंगल’ का लागि यो वर्ष आमिर खानलाई फिल्मफेयरको उत्कृष्ट अवार्डबाट सम्मानित गरियो । यो चलचित्र बलिउडमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र हो ।

आगामि ब्लकबस्टर चलचित्र
आगामि वर्षमा आमिर दुई ठूला चलचित्रमा देखिने भएका छन् । एउटा यशराज ब्यानरको ‘ठग्स अफ हिन्दुस्तान’ र अर्को चलचित्र अन्तरिक्षयात्री राकेश शर्माको बायोपिक ।

१०० करोडदेखि ३०० करोडको मालिक
बक्स अफिसमा १०० करोड क्लब होस् वा २०० या ३०० अथवा ३५० करोड, प्रत्येक क्लबको शुरुआत आमिर खानको चलचित्रले नै गरेको छ । बलिउडका दुई सबैभन्दा बढी कमाइ गर्ने चलचित्र आमिर खानकै नाममा छ ।

तपाईको प्रतिक्रिया