बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

काठमाडौँ – कवियत्री गीता भेटुवाल गौतमद्वारा लिखित ‘राष्ट्रकवि भेट्दा’ लघुकाव्य सार्वजनिक भएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही र राष्ट्रकवि माधवप्रसाद घिमिरेले संयुक्त रुपमा सो लघुकाव्यको विमोचन गर्नुभयो ।

मन्त्री शाहीले कवियत्री गौतम कवियत्री गौतमद्वारा लिखित लघुकाव्य नेपाली साहित्यको क्षेत्रमा पठनीय र सङ्ग्रह गर्न योग्य रहेको टिप्पणी गर्नुभयो ।

कवियत्री गौतमले राष्ट्रकवि घिमिरेसँग भेट्दाका कुरालाई लघुकाव्यका रुपमा ल्याउनुभएको हो । राष्ट्रकवि माधवप्रसाद घिमिरेले कवियत्री गौतमले साहित्यको क्षेत्रबाट नेपालीको शिर सधँै उच्च राखेको भन्दै प्रशंसा गर्नुभयो ।

तपाईको प्रतिक्रिया