शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – राप्रपा अध्यक्ष कमल थापा पार्टी महाधिवेशनको बन्दसत्रमा श्रीमतीसँग छमछमी नाच्नुभएको छ ।

पार्टी सदस्य समेत रहेकी कोमल ओलीले ‘मान्छे सानी सानी, खोज्दै आयो जवानी, दुर्गा भवानी…’ बोलको गीत गाउँदा थापा श्रीमती प्रलितासँग नाच्नुभएको हो । बन्दसत्र हलमा पार्टी अध्यक्ष थापा नाच्दा कार्यकर्ताले उत्साहित हुँदै ताली बजाएका थिए ।

कोमल ओलीले गीत गाउँदा अध्यक्ष थापाले नाच्नैपर्छ भनेर नेता कार्यकर्ताले आग्रह गरेपछि थापा कम्मर मर्काउन बाध्य हुनुभएको हो । थापा जोडीले माथि स्टेजमा कम्मर मर्काउँदा हलमा रहेका नेता कार्यकर्ता पनि छमछमी नाचे । बन्दसत्रमा भएको नाचगानको भिडियो राप्रपाका कार्यकर्ताले युट्युबमै राखेका छन् ।

https://www.youtube.com/watch?v=Ft2Cxq9SFJI

तपाईको प्रतिक्रिया