बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं – चर्चित लोक तथा दोहोरी गायक नविन पौडेल र गायिका गायत्री थापाले पन्चेबाजाको गीत बजारमा सार्वजनिक भएको छ ।

चर्चित लोक तथा दोहरी गायक नबिन पौडेल र गायत्री थापाको स्वरमा बलराम अधिकारिको’ बाग्लुङ दरमखोला भन्ने बोलको’ नयाँ पञ्चेबाजाको गीत तथा भिडियो सार्वजनिक भएको हो । पौडेलको साङ्गीतिक यात्राका क्रममा पहिलोचोटि पन्चेबाजाको गीत गाउनुभएको हो ।

यु ट्युब बाट सार्वजनिक भएको उक्त गीतमा शब्द दिग्गज धौराली र लय भने नबिन पौडेलको नै रहेको छ त्यसैगरी गीतको भिडियोमा शिबम पोख्रेल, गायत्री थापा, सन्तोष श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको यस गीतमा निर्देशन गायत्री थापाले गर्नुभएको हो ।

उक्त गीतको उत्पादन तथा बितरण भने शिवदर्शन फिल्मस प्रालीले गरेको हो ।

भिडियो

तपाईको प्रतिक्रिया