शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

डोटी – डोटीको बाँझकाकनी र खातिवडा गाविसमा बाख्रा बिमा कार्यक्रम सुरु भएको छ । सेवक नेपालको पोषण तथा खाद्य सुरक्षा परियोजना अन्तर्गत दुई गाविसका २० वटा कृषक समूहमा बाख्रा बिमा कार्यक्रम सुरु भएको हो ।

सोमबारदेखि सुरु भएको बाख्र बिमा कार्यक्रममा दुईवटै गाविसका गरी १ सय ५० बाख्राको बिमा गरिएको राष्ट्रिय बिमा कम्पनीका पशु तथा कृषि प्राविधिक डम्मर ओझाले बताउनुभयो । पाँच दिनसम्म चल्ने बिमा कार्यक्रममा पाँच सय बाख्राको बिमा गर्ने लक्ष रहेको ओझाले बताउनुभयो ।

किसानले बाख्रको बिमा गरे वापत एउटा बाख्राको एक सय ५० रुपैयाँका दरले बिमा कम्पनीलाई बुझाउनु पर्छ । त्यसपछि बिमा गरेको बाख्रा मरेको खण्डमा सरकारले ७५ प्रतिशत र बिमा कम्पनीले १५ प्रतिशत गरी ९० प्रतिशत क्षतिपूर्ति पाउँछन् ।

तपाईको प्रतिक्रिया