शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले करिब साढे चारलाख साधारण सदस्यता वितरण गरेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ ।

महाधिवेशन प्रयोजनका लागि गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म सो सदस्यता देशभर वितरण गरिएको थियो । केही जिल्लाबाट तथ्याङ्क आउने क्रम जारी छ । ती साधारण सदस्य मध्येबाट वडा, गाउँ र नगरको महाधिवेशनमा प्रतिनिधिसमेत छनौट गरिने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी, राजनीतिक कार्यपत्र, विधान, झोलालगायत सन्दर्भ सामग्री सहभागीलाई समयमै उपलब्ध गराउने र महाधिवेशनमा छलफल व्यापक बनाउने तयारीसमेत गरिएको छ । आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म महाधिवेशन काठमाडौँमा गरिनेछ ।

यसअघि राप्रपा तथा राप्रपा (नेपाल)को एकीकरण भएपछि जिल्लाभर रहेका दुवै पार्टीको एकता सम्पन्न गरिएको छ ।

तपाईको प्रतिक्रिया