बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

काठमाडौं – भारत बिहारको राजधानी पटनामा डुंगा डुब्दा कम्तिमा २१ जनाको ज्यान गएको छ । सबलपुर दियाराबाट पटना घाट जाँदै गरेको डुंगा शनिबार बेलुका गंगा नदीमा डुबेको पटनाका एसपी चन्दन कुशवाहाले जानकारी दिनुभएको छ । 

क्षमता भन्दा बढी यात्रु रहेकाले डुंगा डुबेको प्रहरीले जनाएको छ । घटनामा १० जनालाई सुरक्षित निकालिएको छ । डुंगामा ४० जना रहेको अनुमान छ । बिहारका मुख्य मन्त्री नीतिश कुमारले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

बेपत्ताको खोजी तथा घाइतेको उपचार र राहत कार्यलाई तीब्र बनाउन उहाँले निर्देशन समेत दिनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया