शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो-नेपाल जापान रिसर्च सेन्टर, नेपाकेनको आयोजनामा हरेक वर्ष जापानमा हुदै आएको जापानी भाषा वक्तृत्वकला प्रतियोगिता यस पटक आगामी मार्च महिनाको २० तारिक (सोमबार) हुने भएको छ । त्यसो त यो बर्ष जापानको एक विश्वविद्यालयले पनि सहकार्य गर्ने भएको हुँदा प्रतियोगिता बिशेष रहने संयोजक शंकर बराइलीले समुद्रपारिलाई बताउनुभयो ।
जापानमा विभिन्न विश्वविद्यालय तथा भाषा विद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरूको स्तरवृद्धि हुदैँ आए पनि जापानी समाजमा नेपाली विद्यार्थीहरूको क्षमता देखाउने अवसरहरु कम भएकोले यस्तो कार्यक्रमको आवश्यकता रहेको अायोजकको भनाइ छ ।

यस प्रतियोगितालाई नेपाली राजदुतावास जापान, एनअारएन जापान तथा जाइकालगायतका विभिन्न सघं संस्थाहरुले सहयोग गर्दै आएका छन् । प्रतियोगितमा सहभागी हुने सबैले प्रमाणपत्र तथा एकमुष्ट ट्रेन फेयर स्वरुप २००० येन प्राप्त गर्नेछन भने प्रथम, द्वीतिय र तृतीय हुनेले क्रमश: ५० हजार, ३० हजार र २० हजार जापानी येन प्राप्त गर्ने छन् । यसबाहेक दर्शकहरुको भोटको अाधारमा १ जनाले (अडियन्स पुरस्कार), रिस्यो बिश्वबिद्यालय र जाइकालगायतका संस्थाहरुबाट पनि आकर्षक पुरस्कारको ब्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि इच्छुक विद्यार्थीहरुले यस लिंकबाट आवेदन दिन आयोजकले अनुरोध गरेको छ ।***

तपाईको प्रतिक्रिया