शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

स्याङ्जा – ‘परिवार नियोजन स्र्माट बन्छ जीवन’ यो वाक्यांश अहिले चर्चामा छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जाल जताततैवाट विज्ञापन प्रसारित भैरहँदा सबैको मन आकर्षित गर्न सफल भएको छ ।

उक्त सन्देश अमेरिकी विकास नियोग युएसएआडीको आर्थिक सहयोगमा सञ्चालित एच सी थ्री नेपाल परियोजनाले परिवार नियोजन सम्बन्धी विविध जानकारी जनमानस सम्म पुर्‍याउने उद्देश्यले प्रशारण गरेको हो । स्याङ्जाका कृष्ण पन्तले त फेसवुक मार्फत नै नवविवाहित दम्पत्ति भतिज र बुहारीलाई फेसवुक मार्फत स्मार्ट जिवन वनोस भन्दै शुभेच्छा प्रकट गरे । स्थानीय एफ एम रेडियोबाट परिवार नियोजन र स्मार्ट जीवनको कुरा थाहा पाएर भाई बुहारीलाई सुझाव स्वरुप शुभकामना दिएको पन्तले बताए । 

विज्ञापनले विद्यार्थी, किशोर किशोरी, युवा दम्पति लगायत सबैको ध्यान स्मार्ट जीवनमा पुर्‍याउन सफल भएको छ । पहिला समुदायमा परिवार नियोजन सम्बन्धी कुरा गर्न समेत लाज मान्ने गर्दथे तर अहिले परिवार, छर छिमेक शुभकार्यमा समेत स्मार्ट जीवनको कुरा सुन्न पाइन्छ । स्थानीय तहमा परिवार नियोजन सम्बन्धी नबुझेका तथा व्यवहारमा लागु नगरेका परिवारसँग काम गरेपछी वहाँहरुलाई थप मदत पुगेको एच सी थ्री नेपाल परियोजनाका फिल्ड सुभरभाइजर बासु अधिकारीले बताउनुभयो । कार्यक्रम सञ्चालन भएका जिल्लामा स्थायी र अस्थायी परिवार नियोजन गर्नेको संख्यामा पनि क्रमिक रुपमा सुधार आएको उहाँको ठहर छ ।

परियोजनाले समुदायमा सञ्चालन गर्ने सिमान्तकृत समुदाय संगको अन्तरक्रिया, नवविवाहित दम्पत्तिहरु सँगको छलफल, घरभेट जस्ता कार्यक्रम सँग आमसञ्चारका सन्देशलाई एकीकृत गरी लैजादा छोटो समयमा स्मार्ट जीवनले गति पाएको एच सी थ्री स्याङ्जाका संयोजक रन वहादुर रानाले वताउनु भयो । कार्यक्रम सञ्चालनपछि सरकारी स्वास्थ्य निकायवाट प्रदान गरिने सेवा समेत सुदृढ भएको छ ।

सेवा बाट बञ्चित भएका परिवार तथा समुदायलाई परिचाहन गरी परियोजनाले स्वास्थ्यसंस्था सँग समन्वय गराउने कुरामा समेत मदत पुगेको छ । ‘परिवार नियोजन स्मार्ट वन्छ जीवन कार्यक्रम लागु भएपछि स्वास्थ्य हाम्रो पहुँच भन्दा वाहिर रहेका लाई समेत सेवा दिन सकेका छौं’ जगत्रदेवी स्वास्थ्य चौकीका प्रमुख गुनेन्द्र रानाले भन्नुभयो । उहाँले भन्नुभयो दलित, जनजाति विशेष गरी पछाडी परेका समुदायले समेत स्मार्ट जीवनको बारेमा जानकारी प्राप्त गरी परिवार नियोजनका स्थायी तथा अस्थायी साधन प्रयोग गर्न सुरु गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया