शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

अमेरिका – अमेरिकामा बेरोजगारीको दर ९ वर्ष यताकै कम भएको छ । अमेरिकाको श्रम विभागले सार्वजनिक गरेको तथ्यांक अनुसरा नोभेम्बर महिनामा बेरोजगारीको दर ४ दशमलव ६ प्रतिशत रहेको छ ।

यो सन् २००७ को अगस्ट यताकै न्युन बेरोजगारी दर रहेको अमेरिकी श्रम विभागले जनाएको छ । गएको अक्टोबर महिनामा बेरोजगारी दर ४ दशमलव ९ प्रतिशत थियो ।

आउँदो महिना ब्याजदर बढाउने तयारी गरिरहेका बेला बेरोजगारी दर घटेको तथ्यांक सार्वजनिक भएको हो । तर अर्थतन्त्र तथा ज्यालादरको वृद्धि भने अपेक्षा गरिए भन्दा कमजोर देखिएको छ । रोजगारीको दर बढे पनि कमाईको दरमा भने कमि आएको श्रम विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया