शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

डडेल्धुरा – जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले अख्तियार दुरुपयोग अनुसान्धानका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेको आरोप लगाउनुभएको छ ।
जनसङ्ख्या तथा वातावरणमन्त्री जोशीले डडेल्धुरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै कार्की तानाशाहा बन्दै लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेकाले उहाँविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएको जिकिर गर्नुभयो । कार्कीले संविधान कार्यान्वयनका लागि अवरोध गर्ने काम गरिरहेकोसमेत मन्त्री जोशीले आरोप लगाउनुभयो । नेकपा (संयुक्त) महाभियोगको प्रस्तावको समर्थनमा मतदान गर्ने मन्त्री जोशीले स्पष्ट पार्नुभयो । महाभियोगबाट हट्नुभन्दा लोकमानले राजीनामा गरे उत्तम हुने उहाँको सुझाव थियो ।
नेपाली काँग्रेस लोकतन्त्रवादी पार्टी भएकाले जनभावनाअनुरुप महाभियोगको पक्षमा आउने मन्त्री जोशीले विश्वास व्यक्त गर्नुभयो । अर्को प्रशङ्गमा महाभियोग प्रस्ताव र संविधान संशोधन फरक विषय भएकाले संविधान संशोधनमा कुनै असर नपर्ने मन्त्री जोशीको भनाइ छ । मन्त्री जोशीले असन्तुष्ट मधेसी दलको मागलाई सम्बोधन गरेर चैत महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने धारणा समेत राख्नुभयो ।

तपाईको प्रतिक्रिया