शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बङ्गलादेश सूचना तथा सञ्चार प्रविधि (आइसिटी) मा नेपालभन्दा अगाडि भएकाले नेपालले त्यहाँबाट धेरै सिक्नुपर्ने बताउनुभएको छ ।1477129610686_pro_ktm_161022_a

बङ्गलादेशमा आयोजित आइसिटी सम्मेलनमा भाग लिएर आज स्वदेश फर्केपछि पत्रकारसँग कुरा गर्दै कार्कीले भन्नुभयो, ‘हामी आइसिटी र विकासको प्रक्रियालाई छुट्टाछुट्टै ढङ्गले बुझ्छौँ, सम्पूर्ण कुरालाई आइसिटीसँग जोड्ने कुरामा नै हामी कमजोर छौँ, यो युवाका लागि चुनौती हो ।’

यही कात्तिक ३ देखि ५ गतेसम्म चलेको सम्मेलनमा माल्दिभ्स, भुटान लगायत एसियाली मुलुक र अन्य मुलुकका प्रतिनिधिको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया