शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगले स्थानीय तह पुनर्संरचनाको कार्यविधि तयार पार्दै संख्या तोकेको छ । आयोगले यो पटक न्यूनतम र अधिकतम गरी संख्या तोकेको छ । न्यूनतम सीमा ५०७ छ भने अधिकतम सीमा ७४४ छ । साथै सबै जिल्लालाई पनि न्यूनतम र अधिकतम संख्या तोकिएको छ ।

आयोगले जिल्ला प्राविधिक समितिहरुलाई कात्तिक २० गतेभित्र प्रतिवेदन बुझाउन भनिएको छ । सबै जिल्लाबाट तोकिएको समयमा प्रतिवेदन आए मंसिर पहिलो साताभित्र सरकारलाई प्रतिवेदन बुझाउने लक्ष्य रहेको आयोगका एक सदस्यले बताएका छन् ।

हेर्नुहोस् अधिकतम र न्युनतम स्थानीय तहको संख्या 

local-government-number

तपाईको प्रतिक्रिया