शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

पाकिस्तान – पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरीटी (पेमरा)ले भारतीय टिभि च्यानलका सामग्रीमा रोक लगाएको छ । पाकिस्तान राजधानी इस्लामावादमा भएको बैठकले शुक्रबारदेखि नै भारतीय टिभी च्यानल बन्द गर्ने निर्णय गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

pemer

पाकिस्तानमा मिडिया नियन्त्रणका लागि पेमराले काम गर्दै आएको छ । पेमराले विज्ञप्ती निकालेर बताएको छ, ‘शुक्रबार २१ अक्टुबर दिउँसो तीन बजेदेखि पाकिस्तानमा भारतीय टिभी च्यानलको प्रसारण सम्पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।’

यसअघि पाकिस्तान सरकारले जसरी भारतमा पाकिस्तानी टिभी च्यानल प्रसारणमा रोक लगाइएको छ त्यसरी नै पाकिस्तानमा पनि भारतीय टिभी च्यानल प्रसारणमा रोक लगाउनुपर्ने जनाएको थियो । प्रतिबन्ध उल्लंघन गरे  कानूनी रुपमा कारबाही गरिने विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया