शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

आमस्ट्राडाम – नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधी सुरेन्द्र राज पाण्डेले नेपालका विभिन्न भूगोलमा बस्ने जाती जनजातीहरुको प्रति लक्षित केपी ओलीको अन्धराष्ट्रवादका कारणबाट मुलुकले निकाश पाउन नसक्ने भएका कारण सरकार परिवर्तन गर्नु परेको बताउनुभयो ।

surendra

नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सको चौथो अधिवेसनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । साथै मधेशबादी दलले भनेका सवै मागहरु हुबहु पनि पुरा गर्न नसकिने र उनिहरुका मागहरुलाई पुरै वेवास्ता गरेर जान पनि नमिल्ने बताउनु भयो ।

नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सको चौथो अधिवेसन २७ सेप्टेम्बर मा नेदरल्याण्ड्सको राजधानी आमस्ट्राडाममा अधिवेसन संम्पन्न भएको छ ।

अधिवेसनबाट उत्तम कंडेलको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति क्रमश वरिष्ठ उपाध्यक्ष पदम बहादुर क्षेत्री, उपाध्यक्षहरुमा विष्णु पोखरेल, चन्द्र पौडेल, महामन्त्रीमा शालिक गौतम, प्रेम जंग गुरुङ्ग, कोषाध्यक्ष विनोद गौतम, सहमहामन्त्री किरण अर्याल, सहकोषाध्यक्ष सिता थापा र सदस्यहरु नर बहादुर कार्की गणेश, तेजेन्द्र प्रताप केसी, चिजमान गुरुङ्ग, दिपक ढकाल, डिल्ली कँडेल, वेदराम कँडेल, जितेन्द्र श्रेष्ठ, धर्मराज कार्की, राजेन्द्र प्रसाद शर्मा, विष्णु प्रसाद बास्तोला, मिम पुर्जा र रुपक रेग्मी निर्विरोध निर्वाचत भएका छन् ।

आम सहमति अनुरुप एक वर्ष पश्चात वरिष्ठ उपाध्यक्ष क्षेत्री अध्यक्ष बन्ने सहमति समेत गरिएको छ ।  अधिवेसनमा बेल्जियम, जर्मनी तथा डायस्पोरामा रहेका नेपाली जनसंपर्क समिति, महाधिवेसन प्रतिनिधी तथा महासमिति सदस्यहरु, नेदरल्याण्ड्सका नेपाली संघसंस्था तथा समुदायको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया