शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं  – एभरेष्ट प्रिमियर लिग इपिएलमा बिहीबार पनि दुई खेल हुँदैछन् । पहिलो खेल विहान सवा ९ बजे कान्तिपुर गुखार्ज र कलर्स एक्स फ्याक्टरबिच हुनेछ । दोस्रो खेल पन्चकन्या तेज र सगरमाथा लेजेन्डबिच खेल हुनेछ । दुबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् ।

कान्तिपुरले पहिलो खेल गएको शनिवार विशाल वारियर्ससँग खेल्न लागेको थियो । तर  बर्षाका कारण खेल रोकिँदा दुबैले एक एक अंक बाँडेका थिए ।  कान्तिपुरले गुखार्जले आफ्नो दोस्रो खेलमा सगरमाथा लिजेन्डसलाई सात विकेटले हराएको थियो ।

कलर्स एक्स फ्याक्टर भने यस अघि पञ्चकन्यासँग ३४ रनले पराजित भइसकेको छ । यस्तै पञ्चकन्याले जगदम्बा राइनोजलाई ६ विकेटले हराएको थियो भने जगदम्बाले कान्तिपुरलाई ११ रनले हराएको थियो ।

कान्तिपुर गुखार्जको कप्तानी वसन्त रेग्मी, कलर्स एक्स फ्याक्टरको ज्ञानेन्द्र मल्ल, तेज पञ्चकन्या सरद भेषावकर र सगरमाथा लेजेन्डको कप्तानी विनोद भण्डारीले सम्हालेका छन् ।

तपाईको प्रतिक्रिया