शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जापानमा रहेका नेपालीहरुको संख्यामा मात्र नभएर गुणात्मकरुपले पनि बृद्धि भएको बताएका छन् । पछिल्लो समयमा जापानमा ब्यवसायिकरुपले प्रगति गरेका नेपालीहरुको संख्यामा उल्लेख्य बृद्धि भएको बताउँदै नेता थापाले ब्यवसायिक प्रगतिका कारण उनीहरुको आर्थिक हैसियत उकासिएसंगै मुलुकको अर्थतन्त्रमा पनि प्रत्यक्ष सहयोग पुगिरहेको धारणा ब्यक्त गरे ।bपूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थापाको स्वागतमा नेपाली दूतावासद्वारा बुधवार सांझ आयोजित रात्रीभोज समारोहमा बोल्दै अध्यक्ष थापाले नेपाल जापान सम्बन्धको ६० औं वर्षागांठको अवसरमा इवाते गभर्नरद्वारा आयोजित एक कार्यक्रममा भाग लिन आफु जापान आएको र कार्यक्रममा नेपाल जापान सम्बन्धका विविध आयामहरु र दुईदेशबीचको पारस्परिक हितका सम्बन्धमा छलफल भएको जानकारी दिए ।

सो अवसरमा नेकपा एमालेको भ्रात्तृसंगठन युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले राष्ट्रिय स्वार्थका लागि दलगत स्वार्थभन्दा माथि उठेर सबै मिलेर राष्ट्रनिर्माणमा जुट्नुपर्ने बताउँदै यदि त्यसरी जुट्ने हो भने नेपाल पनि ५, ७ वर्षमै जापानजस्तै बनाउन संभव रहेको दावी गरे । उनले राज्यले उपयुक्त वातावरणको निर्माण गरी बिदेशका युवाहरुलाई स्वदेश फर्कन आह्वान गरिनुपर्ने बिचार ब्यक्त गरे ।
cयसअघि जापानका लागि कार्यबाहक राजदूत कृष्णचन्द्र अर्यालले पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको स्वागत गर्दै उनले नेपालको परराष्ट्र मन्त्रालयमा राजनैतिक हस्तक्षेप हुन नदिने सँस्कार बसाल्न तत्कालिन परराष्ट्रमन्त्रीहरु कमल थापा, उपेन्द्र यादव र नारायणकाजी श्रेष्ठको योगदान स्मरणीय रहेको बताए । कार्यबाहक राजदूत अर्यालले परराष्ट्र नीतिलाई सबल, सक्षम र प्रभावकारी बनाउन राजनीतिक हस्तक्षेप हुन नहुने बिचार ब्यक्त गरे ।aसो अवसरमा जापानका बिभिन्न संघसंस्थाका प्रतिनिधी, ब्यवसायी, प्राज्ञिक वर्ग, एनआरएन अभियान्ता, पत्रकार, नेपाललाई माया गर्ने बिभिन्न क्षेत्रका जापानी नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेता थापा बिहिबार स्वदेश प्रस्थान गर्दैछन् ।***

 

तपाईको प्रतिक्रिया