बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो – जापानमा बिभिन्न पेशा ब्यबसाय गरी रहेका घलेहरुको बुहद् दोश्रो भेला टोकियोको उएनो पार्कमा आईतवार सम्पन्न भएको छ ।

घले समाज जापानको आयोजनमा सम्पन्न भएको भेलाले, आगमी जनवरी १५ (माघ १ गते) तारिखमा घलेहरुको नयॉ बर्ष ल्होसार बिभिन्न कार्यकम सहित टोकियोमा भब्यरुपले मनाउने निर्णय गर्दै समाजका अध्यक्ष पूर्णबहादुर घलेको संयोजकत्वमा बिभिन्न उपसमिति गठन गरेको छ । जापानमा समाज गठन भएपछि समाजको कार्ययोजना अनुसारको बिभिन्न कार्यकमहरुको समीक्षा गर्नुका साथै आगामी एक बर्षका लागि बिभिन्न योजनाहरु तय गर्दै दोश्रो भेला सम्पन्न भएको छ । भेलाले उपाध्यक्ष मनोज घलेको संयोजकत्वमा युवाहरुलाई संगठित गर्न युवा समिति एवं सुरेन्द्र घलेको संयोजकत्वमा बिद्यार्थी समिति बनाउने निर्णय गरेको छ ।

घले समाज जापानका अध्यक्ष पूर्णबहादुर घलेको अध्यक्षमा सम्पन्न भएको भेलामा जापानको गुन्मा, ईवराकी, खानागावा, सेन्दाई, साईतामा, नागोया लगायत स्थानबाट भेलामा सहभागिता रहेको थियो ।ghaeदोश्रो भेलाले घले समाजको सम्पुर्ण सदस्यहरुलाई आर्थिक तथा सामाजिक सुरक्षाका लागि चाहिने वातावरण निर्माण गर्दै अक्षयकोषको निर्माण गर्न अध्यक्ष पूर्णबहादुर घले सयोजकत्वमा प्रमुख सल्लाकारहरु अरुण घले, केशबहादुर घले, कृष्ण घले, मिन घले र मोहन घले सदस्य रहेको समिति बनाउदै कोषको निर्माण तथा संचालनकर्ता कार्यबिधि बनाउने निर्णय गरेको छ ।***

तपाईको प्रतिक्रिया