शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – सरकारले शनिबारदेखि चाडपर्व लक्षित ३६ वटा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । शनिबार बिहान काठमाडौंको रामशाहपथमा रहेको नेशनल ट्रेडिङ लिमिटेडमा आपूर्ति मन्त्री दीपक बोहराले सुपथ मूल्य पसलको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनसँगै काठमाडौं उपत्यकाका १३ र देशका अरु २३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन भएका छन् । शनिबारदेखि कात्तिक २२ गतेसम्म सञ्चालन हुने पसलमा ७८ प्रकारका खाद्यवस्तुमा छुट दिइने छ ।

सुपथ मूल्यका पसलमा चिनीमा प्रति किलो पाँच रुपैयाँ र नूनमा दुई रुपैयाँ छुट दिने र खानेतेल एक सय रुपैयाँ प्रतिलिटिरमा बिक्री गरिने आपूर्ति मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया