बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

Ambassdorकाठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि श्रीलङ्का, इक्वेडर, स्लोभानिया र मौरिससका नवनियुक्त राजदूतले आज आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा श्रीलङ्काका वेलेज स्वारनलानथ परेरा, इक्वेडरका मेन्तोर प्याट्रिसिया भिलागोमेज मोरिनो, स्लोभानियाका जोजेफ ड्रोफेनिक र मौरिससका जगदीश्वर गोबर्धनले आआफ्नो ओहोदारको प्रमाणपत्र पेस गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँहरुमध्ये परेरा नेपालका लागि आवासीय तथा अरु भारतका लागि आवासीय र नेपालका लागि गैरआवासीय राजदूत हुनुहुन्छ ।

सो अवसरमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतलगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया