लिबिया – लिबियाको सिर्त इलाकामा संयुक्त राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त संयुक्त सरकार पक्षधर लडाकू र इस्लामिक स्टेट (आईएस) समूहबीच झडप हुँदा आइतबार कम्तिमा १८ जना सरकारी पक्षधर लडाकूको मृत्यु भएको छ ।
घटनामा १२० जनाभन्दा बढी नागरिक घाइते भएका सिर्तबाट प्राप्त स्वास्थ्य स्रोतले बताएको छ । द्वन्द्वग्रसत लिबियामा सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ निर्माण गरिएको अस्थायी स्वास्थ्य केन्द्रले सरकार पक्षका १८ जना नागरिकको मृत्यु भएको सूचना दिएको हो ।
सरकारले आईएस लडाकूको नियन्त्रणमा रहेको मानिएको सिर्त इलाकामा आईएसविरुद्धको आक्रमणलाई अगाडि बढाउने क्रममा सरकारी पक्षले सफलता पाउन नसकेको बताइएको छ ।
संयुक्त सरकार पक्षधर लडाकूले सन् २०१५ को जुनमा आईएसको जिहादी समूहद्वारा नियन्त्रणमा लिइएको सिर्त इलाकालाई पुनः नियन्त्रणमा लिन एक महिना यता निरन्तर गतिविधि अगाडि बढाउँदै आएका छन् ।