शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

JRF

टोकियो – जापान रेमिट फाइनान्स (प्रभुमनी ट्रान्स्फ़र/बेस्ट रेमिट्)को शाखा ग्राहक बर्गको सुविधालाई ध्यानमा राख्दै जापानको विभिन्न सहरमा विस्तार गर्न थालिएको छ ।
यसैक्रममा फुकुओका सहरको हाकातामा नयाँ शाखा सञ्चालन गर्न लागिएको छ । आगामी अगष्ट २७ तारिख शनिबारबाट औपचारिक रुपमा फुकुओकावासी नेपालीलाई लक्षित गरि शाखा सञ्चालन गर्न लागिएको जापान रेमिट फाइनान्सले जनाएको छ । बुद्व रेष्टुरेण्ट ओहासीमा पनि बिगत १ बर्षदेखि रेमिटको काउण्टर रहेको जनाउँदै निकट भविष्यमा फुकुओकाको योसुजुकामा पनि नेपाली खाजाघर नाङ्गलोको सुरुवातबाट रेमिटको काउन्टर रहने जनाइएको छ । फुकुओकावासीलाई ध्यानमा राखेर ३ ठाउँबाट पैसा पठाउन मिल्ने गरी सुरुवात गर्न लागेको जापान रेमिट फाइनान्स टोकियो ओकुबु शाखा इन्चार्ज ऋषि आचार्यले जानकारी गराउनु भयो ।
विगत ५ बर्षदेखि ग्राहक बर्गको रकम परिवारसम्म पुर्याउन सस्तो, सुलभ र बिश्वासिलो माध्यम बन्दै ग्राहक बर्गको मन जित्न सफल जापान रेमिट फाईनान्सले पहिलो पटक एवम् प्रत्येक चौंथो पटक पैसा पठाउँदा कुनै पनि सेवा शुल्क लिने गरेको छैन । फाइनान्सले सुविधा थप गर्ने क्रममा निकट भविष्यमा नेपालको प्रभु बैंकको खाता जापानबाट नै खोल्न मिल्ने सुविधा दिन लागेको बताइएको छ । साथै, संसारको जुनसुकै देशमा पनि पैसा पठाउन मिल्ने लगायतका सुविधाका कारण जापानवासी भेयतनामी, चाइनिज, फ़िलिपीनी, बंगलादेशी, इंडियनलगायतका विदेशीहरुले पनि जापान रेमिट फाइनान्सको सेवा बढी प्रयोग गर्ने गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया