शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – समसामयिक विषयवस्तु र समाजमा हुने गरेका विभिन्न क्रियाकलापलाई व्यङग्यात्मक किसिमले गीत गाउन माहिर चर्चित गायक पशुपति शर्माले तीजको गीत मार्फत आमालाई काठमाडौँ आउन निम्तो दिएका छन् । 11

सधैजसोका तीजमा दर्जन बढी गीत गाउने शर्माले सार्वजनिक गरेको गीत ‘बुहारी सुत्केरी भईछ’ भन्ने गीतमा उनले आमालाई सुत्केरी हेरचाहाका लागि काठमाडौँ आउन आग्रह गरेका हुन् । मनोरञ्जनात्मसँगै सन्देश मूलक गीत गाउन सिपालु शर्माको यो गीतले पनि आमालाई पहिला हेला गरेको र पछि आमाको आवश्यकता परेपछि यसरी फर्काउन पनि पर्दैनन् भन्ने सन्देश दिन खोजेका छन् ।

त्यसैले आमा बुवालाई कहिल्यै हेला नगरौ भन्ने सन्देश गीतले प्रस्ट देखाएको छ । शर्माको लय र शब्द रहेको गीतमा गायिका शान्ति श्री परियारले स्वरमा साथ दिएकी छिन् ।

दुर्गा पौडलको निर्देशन रहेको गीतको भिडियोमा पशुपति, शान्ति श्रीसँगै रमा थपलिया र पशुपतिका बुबालाई पनि देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस् : 

तपाईको प्रतिक्रिया