शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – पार्टीले वर्तमान केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर राजधानीबाहिर नजान हृविप जारी गरेकै बेला काँग्रेसका डेढ दर्जन सांसद विदेश सयरमा निस्किएका छन् ।

काँग्रेस संसदीय दलले गत असार १३ गते नै हृविप जारी गर्दै भूकम्पपीडितको घर निर्माण र बाढीपहिरो प्रभावित जनताको समस्या लगायत महत्त्वपूर्ण विषय छलफलमा रहेको भन्दै असार १४ गते बस्ने संसदको बैठकमा र समितिमा अनिवार्य उपस्थित हुन आग्रह गरेको थियो ।

तर त्यसको उल्लंघन गर्दै ती सांसदहरु कुने महत्व नभएका कार्यक्रमका लागि विदेश भ्रमणमा गएको आजको अन्नपूर्ण दैनिकमा खबर छ । सांसदहरु पार्टीसँग परामर्श नगरी हृविप उल्लंघन गर्दै विदेश गएपछि शुक्रवार मुख्य सचेतक चीनकाजी श्रेष्ठले साउन २ गतेभित्र विदेशमा भएका सबैलाई नेपाल फर्किन अर्को हृविप जारी गर्नुभएको छ ।

धनराज गुरुङ, सीता गुरुङ, राजु थापा लगायतका अन्य १० सांसदहरु विदेश भ्रमणमा रहेका छन् ।

तपाईको प्रतिक्रिया