शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

दक्षिण कोरिया – उमन फर उमनको आयोजनामा कोरियामा पहिलो पटक दोहारी कार्यक्रमको आयोजना भएको छ।  दक्षिण कोरियामा रहेका महिलाहरुको साझा संस्था उमन फर उमनले ९ तारिख आइतबारका दिन कोरियामा पहिलोपटक दोहारी कार्यक्रमको आयोजना गरेको हो ।

नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने उदेश्यले सउलको दोङ्देमुनस्थित फ़ास्ट नेपाल रेष्टुरेण्टमा गरिएको सो कार्यक्रममा स्थानिय गायक तथा गीतकार सिपी थापा मगर र गायिका सरु पौडेलले दोहोरी गाएका हुन । गायक र गायिकालाइ कोरियाका चर्चित बिसौनी समुहका बाद्यबादकहरु मुनाराज सुनुवार र टिका नेपालीले साथ दिएका थिए ।

बिभिन्न वाध्यता र बिवशताका कारण आफ्नो घर परिवारबाट टाढाको बसाई अनि कोरियाको कडा परिश्रम रुपी कामलाई एकैछिन बिर्सेर कोरियाका स्थानिय गायक र गायिकाका मिठो दोहारी गीतसंगै उपस्थित नेपालीहरू मज्जाले नाचेका थिए । प्रवासमा आएर पनि नेपाली गाउँघरमा गुन्जिने दोहारी गितका साथमा यसरी नाचगान गर्न पाउँदा नेपाल सम्झेको कुरा एक सहभागीले बताए ।

उमन फर उमनका अध्यक्ष जुनु गुरुङको संयोजकत्वमा भएको उक्त दोहारी कार्यक्रममा कोरियाका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिती रहेको थियो । सो कार्यक्रम ४ बजे देखि बेलुकी ८ बजे सम्म चलेको थियो ।

दक्षिण कोरियामा रहेका अन्य नेपाली संस्थाहरु भन्दा फरक र नौलो कार्यक्रम गर्दै आएको उमन फर उमनले नेपाली कला र संस्कृति संरक्षण उदेश्यले यो दुई महिनाको अवधिमा तिज, देउसी भैलो, भाइटिका जस्ता कार्यक्रमहरुको आयोजना गरी सक्रियरुपमा अगाडि बढिरहेको छ । आगामी दिनहरुमा पनि नेपालको संस्कृतिको पहिचानका लागि र नेपाली महिलाहरुको हितमा धेरै कार्यक्रमहरु गर्दै जाने संस्थाकी अध्यक्ष जुनु गुरुङले बताइन् । ***

तपाईको प्रतिक्रिया