शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

दोहा- आरम्भ फिल्मस् कतारको ब्यानरमा निर्माण भएको “फोर डब्ल्यु आफ्नै बाटोहरु” नामक सर्ट मूभिको निर्माण कार्य सम्पन्न भएर बजारमा आउने तरखरमा छ । आरम्भ फिल्म्सको तेश्रो प्रस्तुतीको रुपमा तयार गरिएको उक्त सर्ट मुभि यहि आउँदो नोभेम्बर १६ मा दिनको १ बजे दोहाको ढाका रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरी प्रदर्शन गरिने जानकारी कथा लेखक तथा निर्देशक उद्धव राईले बताए ।

कतारमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी तथा कलाप्रमीहरुको विशेष आमन्त्रणमा रिलिजका साथै पर््रदर्शन गर्न लागेको निर्देशक राईले  बताए । “फोर डब्ल्यु आफ्नै बाटोहरु” नामक शर्ट मुभिको कथाबस्तु कतारमा कार्यरत नेपाली दाजुभाईहरुको नियत, नियती र बाध्यात्मक परिस्तिथीलाई समेटी तयार गरिएको निर्देशक राईले बताएका छन् । फोर डब्ल्युको अर्थ वाईन, वेदर, वोमेन र वर्क ४ अंग्रेजी शब्द् समाविष्ट गरी यसले समातेका बाटोहरु र त्यसबाट प्राप्त हुने प्रतिफल माथि नै जोड दिई र्छलङ्ग्याउन खोजिएको पनि निर्देशक राईले बताएका छन् ।

२० मिनेटको अभिनय सहितको कथा बोकेको यस चलचित्रले प्रवासमा रहने नेपाली दाजुभाईहरुमाझ सुमार्गमा लाग्ने सन्देश प्रवाह गर्ने हेतुले सर्ट मूभि बनाएको बताउने राईले यो कुनै नाफा कमाउनको लागि गरिएको परियोजना नभएको पनि खुलासा गरे । हामीहरुले आफु आफुबाट नै पैसा संकलन गरी बनाईएको यस सर्ट मूभिलाई सन्देशको रुपमा सबै माझ पुर्याईदिन र यसको सन्देशलाई बुझिदिन पनि उनले आग्रह गरे । उक्त सर्ट मुभिमा देव तिमिल्सिना, विजय श्रेष्ठ, जानवी थापा, श्याम सिजापती र शरद कुमार कार्कीको मुख्य भूमिका रहेको छ भने अन्य सहयोगी भूमिकामा बसन्त राई, सरोज श्रेष्ठ, राम राई र निर्देशक राईले पनि आफ्नो अभिनय कौशलता पस्किएका छन् । यस सर्ट मूभिको मिक्सिङ र इडिटिङ भने ग्रुप वन त्रिएशन म्युजिक कम्पनीका भविन तामाङले गरेका छन् ।

तपाईको प्रतिक्रिया