शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
ताप्लेजुङ- आज बिहान सबेरै गएको भूकम्पले ताप्लेजुङको ती घरमा क्षति पुगेको छ । खेवाङ ४ का गायत्री पौडेल, ओदराज दाहाल, र बछलादेवी भट्टराइको घरको भित्ता लडेको खेवाङबाट स्थानीय रम्मी आचार्यले जानकारी दिए ।
गत असोजमा गएको भूकम्पपछि मानिस अझै पालमुनि भएकोले मानवीय क्षति भने हुन नपाएको आचार्यले जानकारी दिएका छन् । घर भत्कन लागेकोले कुनै पनि बेला घर भत्किने डरले घरभित्र अन्न पात र लत्ताकपडामात्र राखेको पनि बताइएको छ ।
बिहान ५ बजेर २५ मिनेटको समयमा भुकम्प गएको हो । खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रमा ५ दशमलव २ रेक्टरस्केलको भूकम्प मापन भएको केन्द्रका उमेशप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार भुकम्पको मुख्य केन्द्र विन्दु सुनसरी र सप्तरीको दक्षिणी सीमानामा रहेको छ । भुकम्पको धक्का करिब ५ सेकेण्ड जति महसुस गरिएको थियो ।
गत असोज १ को भुकम्पबाट त्रसित मानिसहरु भूकम्प आएपछि आत्तिएर खुल्ला क्षेत्रमा भागेका थिए ।

तपाईको प्रतिक्रिया