शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शारजाह – गत ९ मार्च शुक्रबारका दिन सुर्खेतवासीहरुको एक बृहत् भेलाले “सम्पूर्ण सुर्खेतवासीहरुको नारामा एकता” भन्ने नाराका साथ हस्तराज दर्लामीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गर्दै सुर्खेत समाज युएईको स्थापना गरेको छ ।

नवगठित समाजको अध्यक्षमा हस्तराज दर्लामी, उपाध्यक्षमा खगेन्द्र सापकोटा, कोषाध्यक्षमा गंगाबहादुर छन्त्याल, सह–कोषाध्यक्षमा टोपबहादुर रेश्मी, सचिवमा नवराज रेग्मी र सह–सचिवमा धालबहादुर छन्त्याल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा हरिलाल छन्त्याल, देवबहादुर सारु, देव दर्लामी, राजेश हमाल, दिलिप रेश्मी, दिलबहादुर रेश्मी, धनबहादुर रेश्मी, कुलबहादुर बिरकत्ता, तिर्थबहादुर रेश्मी, धनबहादुर गाहा र खड्काबहादुर दर्लामी रहेका छन् ।

वैदेशिक रोजगारीमा रहेका प्रवासी नेपालीहरुले आ–आफ्नो कामको बावजुद बिदाको समयलाई सद्पयोग गर्दै प्रवासमा कला, खेल, संस्कृति, जातीय र समाजलाई कायम राख्न तथा आपतविपत परेका बेला नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उद्धार गर्ने हेतुले समूहगत संस्थाको रुपमा हातेमालो गर्दै आफ्नो दायित्व पूरा कुरा उक्त समाजले जनाएको छ ।

युएईमा रहेका अन्य संघसंस्थाहरुसँग पनि समन्वय गर्दै परम्परागत चाडपर्वहरु मनाउदै एकआपसमा भाईचाराको बातावरण सृजना गर्ने कुराको जानकारी नवनियुक्त अध्यक्ष दर्लामीले बताए । उनले आगामी दिनहरुमा प्रवासी नेपालीहरुप्रति परिआउने समस्याहरुलाई हरसम्भव समाधान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

तपाईको प्रतिक्रिया