बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024
काठमाडौं- गत शनिबार कमलादीस्थित क्युब क्लबमा विमान परिचारिकासम्बन्धी तालिमप्राप्त तीन दर्जनभन्दा बढी युवतीको जमघट थियो ।
उनीहरू मिस एयर होस्टेज-२०१० शीर्षकको फरक खालको सौन्दर्य प्रतियोगिताका लागि अडिसन दिन त्यहाँ आइपुगेका थिए । राजधानीका २२ जना र मोफसलका ४ गरी २६ जना प्रतिस्पर्धीलाई मिस एयर होस्टेज-२०१० को अन्तिम प्रतिस्पर्धामा सहभागी गराइने आयोजक संस्थाले जनाएको छ ।
सिजन मिडिया प्रालि तथा फ्लाइटक इन्टरनेसनल प्रालिको संयुक्त आयोजनामा संचालन हुने उक्त प्रतियोगिताको प्रशिक्षण भने दसैंपछि प्रारम्भ हुनेछ ।
प्रशिक्षण अवधिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा, विमान परिचारिकाको भूमिका र कार्यक सम्बन्धमा जानकारी दिइनेछ । यो प्रतियोगिताको तयारीका क्रममा पौडी, फिटनेस, सौन्दर्य तथा व्यक्तित्व-विकाससम्बन्धी तालिम पनि दिइनेछ ।
मंसिर ११ गते राष्ट्रिय नाचघरमा सम्पन्न हुने प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्नेछन् । प्रतियोगिताका विजेताले उपाधि सहित ३५ हजार रुपैयाँ नगद पुरस्कारका साथै विमान परिचारिका हुने अवसर जुराउनेछिन् भने फस्ट तथा सेकेन्ड रनर्सअपले क्रमशः २५ हजार तथा १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया