आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो-नारीहरुको महान पर्व हरितालिका तिज पर्व नजिकिए सँगै बजारमा दिनप्रतिदिन थुप्रै नयाँ-नयाँ तीजका गीत आउन थालेका छन् । कलाकारहरु यतिबेला तिजका गीत गाउँन र गीतको म्युजिक भिडियो बनाउन निकै व्यस्त छन । यसै क्रममा सुदूर पश्चिमका प्रतिभाशाली गायक देलेन्द्र जोशीको तिज गीत “मायालाई घुमाउन लाने हो” बजारमा ल्याएका छन्  । साईराम साईराम पिक्चर्स प्रालिको प्रस्तुतीमा रहेको मायालाई घुमाउन लाने हो गीतमा कमल जि.सीको लय, गोपाल खड़का र गायक जोशीकै शव्द सिर्जना रहेको छ । गायक जोशी र गायिका टिका पुनको स्वर रहेको उक्त गीतको भिडियोमा दिनेश थापा र लिला थापाको अभिनय रहेको छ । स्मृति तिमिल्सिनाको निर्देशन र सुरेस श्रेष्ठको छायाङकन रहेको भिडियोलाई दिपक बिष्टले सम्पादक गरेका हुन् । ***


तपाईको प्रतिक्रिया