मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मनमा अशान्ति,कार्य विमुख,अर्थ अभाव जस्ता समस्याबाट पीडित हुनुपर्नेछ । आलोचनाको शिकार बन्नु हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): संकल्प पुरा गर्न थोरै मेहनत गर्नु पर्नेछ । आत्मबल,आन्मविश्वास बढ्नेछ । अधुरा कार्यले गति लिनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आफ्नाहरु टाढा हुनेछन् । संचित धनको नास हुनेछ । धन सापटी दिने र ऋण लगानी नगर्नु होला उठाउन गाह्रो हुनेछ । पराक्रम घट्नेछ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दुविधा मुक्त भएर काम गर्नु होला दिन अनुकुल देखिन्छ । गरेका काम सफल हुनेछन् । अनावस्यक खर्चमा कमि आउनेछ । व्यापारमा सुधार आउनेछ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अनुकुल वातावरणमा काम गर्न पाईने छैन । श्रमको मुल्य पाईने छैन । चोटपटकको भय देखिन्छ । खर्चमा तिव्रता आउनेछ । व्यापार घट्नेछ ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): दिन सामान्य अनुकुल देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कार्य गोपनियता अप्नाई काम गर्नु होला बढि सफलता मिल्नेछ । सानो हेलचक्र्याईले दुःख पाईनेछ । भर नपर्नु होला,कुरा भन्दा काममा जोड दिनु होला ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कान्ति क्षय हुनसक्छ । मानसिक चिन्ता थोरै घट्नेछ । पठन पाठनमा ध्यान जाने छैन । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । सहयोगी कम भेटिने छन् ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): स्वास्थ्यमा समस्या आउने देखिन्छ । पैतृक सम्पतिको नास हुनसक्छ । काममा विभिन्न खालका समस्या आउने छन् । व्यापारमा लगानी नगर्नु होला ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): सामान्य मतभेदका वीच जीवन साथिको सहयोगमा काम बन्नेछन् । स्वतन्त्र व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ ।
——————————————-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): संघर्ष गर्न पछि नपर्नु होला अवस्य सफल हुनुहुनेछ । विरोधीबाट काममा अवरोध आउनेछ । अरुको भर पर्नु भयो भने असफलता र दुःख कष्ट बढि हुनेछ ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): यात्रामा कठिनाई हुनेछ । निर्णय क्षमता कमजोर हुदा कार्य विमुख हुने अवस्था आउनेछ । प्रेममा बाधा अवरोध आउने देखिन्छ । व्यापारबाट अल्प लाभ हुनेछ । अध्ययन कार्य स्थगित हुनेछ ।
——————————————–