शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य दक्षिणायनं,वर्षर्तुः,राक्षस नाम संवत्सर,श्रीशाके १९४३,सम्वत २०७८साल श्रावण ६ गते बुधबार नेपाल सम्बत ११४१ दिल्लाथ्व,सन् २०२१ जुलाई २१ तारिक शुक्लपक्ष द्वादशी तिथि अपरान्ह २ वजेर २२ मिनेटसम्म ( जापानमा अपरान्ह ५ वजेर ३७ मिनेटसम्म ),ज्येष्ठा नक्षत्र अपरान्ह ५ वजेर २७ मिनेटसम्म (जापानमा राती ८ वजेर ४२ मिनेट सम्म),ब्रह्मयोग,बालवकरण,आनन्दादियोग ध्वाँक्ष,सूर्य कर्कट राशिमा,चन्द्रमा अपरान्ह ५वजेर २७ मिनेटसम्म (जापानमा राती ८ वजेर ४२ मिनेटसम्म ) वृश्चिक उप्रान्त धनु राशीमा । योगिनी नैऋत्य दिशामा,काल नैऋत्य दिशामा चन्द्रमा उत्तर दिशामा शुक्र पश्चिम दिशामा रहने छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समग्रमा दिन त्यति अनुकुल देखिन्न । विभिन्न खालका समस्या आउने छन् । मनमा अशान्ति बढ्नेछ । घरमा बस्न मन लाग्ने छैन । गरेको लगानीबाट प्रतिफल पाईने छैन । शारीरिक एवं मानसिक दूर्वलता बढ्नेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । अपरान्ह पछि समयमा सामान्य सुधार आउनेछ । तनावमा कमि आउला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समयको सदुपयोग गर्नु होला अपरान्हसम्म समय अनुकुल नै देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापारबाट आम्दानी पनि हुनेछ । साँझबाट समयले कम साथ दिनेछ । गलत विचार बढ्नेछ । स्वास्थ्य प्रतिकुल हुने हुदा खानपानमा विचार पु-याउनु होला । व्यापार व्यवसायमा गिरावट आउनेछ । खर्चमा वृद्धि हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): समयको गति सगै काममा सुधार आउनेछ । नयाँ नयाँ कामले प्राथमिकता पाउनेछ । विवादित कुराको टुङ्गो लाग्नेछ । आयत निर्यात व्यापार व्यवसायमा सुधार आउनेछ । विदेश यात्राको योजना बन्न सक्छ । पारिवारिक भेटघाट बढ्नेछ । लेनदेन कारोवार गर्दा भने सोच विचार गर्नु होला । इष्टमित्रको भर परेर काम नगर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दुविधा मुक्त भएर काममा लाग्नु होला । समयमा सहि निर्णय लिन सकिएन भने अवसर गुम्न सक्छ विचार पु-याउनु होला । सफलताका सिढि चढ्नलाई लगनशिलता बढाउनु होला । व्यापार व्यवसायबाट थोरै लाभ हुनेछ । पठन पाठनमा थोरै प्रगति हुनेछ । अरुको भरमा नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समय त्यति अनुकुल देखिन्न । हेलचक्र्याई नगरि काम गर्नु होला । आफन्तका कारण धन खर्च हुनेछ । व्यापार व्यवसायबाट आम्दानीको तुलनामा खर्च बढि हुनेछ । अरुबाट सहयोगको आशा राख्नु गलत सवित हुनेछ । के गर्ने के नगर्ने भन्ने अन्योलता बढ्न सक्छ । यात्रामा समस्या आउनेछ । पढाई र सन्तानको बारेमा बढि चिन्ता हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): पूर्वान्ह अनुकुल छ समयको सदुपयोग गर्नु होला । काममा ढिला सुस्ति गरेमा अवसर गुम्ने सम्भावना रहन्छ । अपरान्हबाट समयले कम साथ दिनेछ । घरयासी समस्या बढ्ने छन् । भौतिक सुख सुविधामा कमि आउनेछ । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ । मनमा कुरा खेल्ने छन् । स्वास्थ्य कमजोर बन्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समय विस्तारै अनुकुल बन्दै आउनेछ । वित्तिय क्षेत्रमा सुधारका संकेत देखिने छन् । साथी भाई इष्टमित्रबाट सहयोग मिल्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । गरेका कामबाट उचित प्रतिफल मिल्नेछ । तर काममा साना तिना समस्या भने आउनेछन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समयमा गरेका काम सफल हुनेछन् । विचारमा परिवर्तन आउनेछ । उपलब्धिका धेरै हुनेछन् । नयाँ नयाँ कुरा सिक्न पाईनेछ । काममा ढिला सुस्ति भने नगर्नु होला आफैलाई घाटा हुनेछ । आफन्तबाट विश्वास घात हुनेछ । धन दिएर शत्रु नबढाउनु होला । अल्छि नगरिकन काम गर्नु होला । व्यापारमा उधारो काम नगर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): आजको दिन पनि त्यति अनुकुल देखिदैन । स्वागत सत्कारमा धन खर्च हुनेछ । सोच विचार अरुको भरमा नपरि भ्रम मुक्त भएर काम गर्नु होला पढाई लेखाईमा मन कम जानेछ । स्पष्ट वोल्दा कहिले कहि आफुलाई अप्ठ्यारो पर्ने हुदा विचार पु¥याउनु होला । व्यापार व्यवसायबाट आय आर्जन खासै बढ्ने छैन ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दिनको अधिकाँश समय अनुकुल नै देखिन्छ । समयमा गरेका काम सफल हुनेछन् । ढिला सुस्ति गरेमा उपलब्धि कम हात लाग्नेछ । जीवन साथीको सहयोग लिएर काम गर्दा बढि सजिलो हुनेछ । पठन पाठनमा प्रगति हुनेछ । बाह्य व्यक्तिको भर परेर काम गर्दा अवसर फुत्किनेछ । विना हिसाव किताव चल्दा दुःख पाईनेछ, हानी नोक्सानी बढि हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयले साथ दिने देखिन्छ । लगनशिल भई महत्वकाँक्षी नबनि काम गर्नु होला सफलता मिल्नेछ । वैदेशिक कार्य योजना आँशिक सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । कार्य क्षेत्रबाट बाहिर नजानु होला । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । विरोधीका कारण लाभान्वित हुने अवस्था आउन सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समय सुधारोन्मुख देखिन्छ । लगनशिलता बढाउनु होला । अबरुद्ध योजना अगाडि बढ्ने छन् । वित्तिय कारोवारमा सुधार आउनेछ । अरुको भरमा मात्रै काम नगर्नु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । सहयोगी मन भेटिने छन् । पढाई लेखाईमा सुधार आउनेछ । पूर्वान्हमा बाह्य कुरामा बढि ध्यान जदा उपलब्धिका काम कम हुनेछन ।

यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया