शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,शरदृतुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल कार्तिक २९गते शनिबार नेपाल सम्बत ११४० कौलागा,तदनुसार सन् २०२० नोभेम्बर १४ तारिक कृष्णपक्ष चतुर्दशी तिथि अपरान्ह १ वजेर ४९ मिनेटसम्म ( जापानमा साँझ ५ वजेर ४ मिनेटसम्म) ,स्वाती नक्षत्र राती ८ वजेर ५३ मिनेटसम्म (जापानमा राती १२ वजेर ८ मिनेटसम्म), आयुष्मानयोग,शकुनी करण,आनन्दादियोग सिद्धि,सूर्य तुला राशिमा,चन्द्रमा पनि तुला राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दैनिक गतिविधि सुचारु रुपमा अगाडि बढाउन गाह्रो हुनेछ । सक्रियता बढाउनु होला । घुमफिर बढि हुनेछ । हेलचक्र्याई गरेमा उपलब्धि गुम्नेछ । वैदेशिक काममा रोकावट आउन सक्छ । परिवारिक विवाद बढ्न सक्छ । व्यापार व्यवसायबाट आय आर्जन कम्ति हुनेछ लगानी उठाउन गाह्रो हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): संघर्ष विना सफलताका सिढि चढ्न पाईने छैन । गोपनियता अप्नाएर काम गर्नु होेला । प्रयास र प्रयत्न सफल हुनेछन् नयाँ योजनाको बारेमा विचार विमर्श हुनेछ । काम गर्दा आफ्नो हात माथि पर्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । दुर्जनहरु तगारो लगाउन आउने छन् सतर्क रहनुहोला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): लगनशिल भई गरेका काम सफल हुनेछन् । महिलाको सहयोग लिएर काम गर्छु भन्दा अवसर गुम्न सक्छ । दैनिक काम काजमा सामान्य प्रगति हुनेछ । यात्रामा कठिनाई आउन सक्छ । आम्दानीलाई बचाउन गाह्रोे हुनेछ । कुरामा भन्दा काममा जोड दिनुहोला । कुरौटेहरु धेरै हुनेछन् सचेत रहनु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन पनि अनुकुल देखिन्न । भौतिक संरचना विग्रिने छन् । शारीरिक एवं मानसिक शिथिलता बढ्नेछ । काम गर्न मन लाग्ने छैन । घरयासी खर्च बढ्नेछ । आफ्नो स्वार्थको लागि कसैले उचाल्ने काम गर्न सक्छन् सचेत रहनु होला । भौतिक सुख,शान्तिमा कमी आउनेछ । आहार विहारका कारण स्वास्थ्य कमजोर बन्न सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अल्छि गर्दा अवसर गुम्नेछ ध्यान दिनु होला,सक्रियताले शिखर चुमाउनेछ । समयको ख्याल राखेर काम गर्नु भयो भने धेरै कामबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी राम्रै हुनेछ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ । कला सहित्य न्याय तथा शैक्षिक प्रतिष्ठानबाट लाभान्वित हुनुहुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): मध्यम खालको समय चलेको छ । प्रयत्नपूर्वं गरेका काम सफल हुनेछन् । ऋण लगानी गर्नु गलत हुनेछ । आफन्तका कारण धन क्षय हुने सम्भावना बढि देखिन्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । विना सोच विचार कुनै पनि विषयमा निर्णय नलिनु होला । अरुको कुरामा विश्वास गर्दा दुख पाईनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): हतास मनस्थितिमा काम नगर्नु होला । मनलाई नियन्त्रण गरेर काम गर्नु भयो भने दुःखका खाडलमा परिने छैन । दिन सामान्य अनुकुल देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । वौैद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । आर्थिक कारोवारमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): भनाई र गराईको ताल मेल मिल्ने छैन । परिश्रम मुल्य लिन धौ धौ पर्नेछ । खुला रुपमा काम गर्न गाह्रो हुनेछ । गरेका कामबाट आफुलाई भन्दा अरुलाई बढि फाइदा पुग्न सक्छ । भौतिक चिन्तन बढि हुनेछ । व्यर्थको घुमाई फिराई भेटघाटमा समय बढि खर्च हुनेछ । जाखिम पूर्ण यात्रा नगर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): आत्म विश्वासका साथ कार्र्य क्षेत्रमा जानु होला । एउटा कामको टुङ्गो नलगाई आर्को काममा हात नहाल्नु होला । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । पठन पाठनमा भन्दा आर्थिक कुरामा बढि ध्यान जानेछ । आफन्तका कारण खर्च गर्नु पर्ने बाध्यात्मक स्थितिको सृजना हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): तपाईका कार्य योजनाले प्रथमिकता पाउनेछ । सोच विचार सर्वमान्य हुनेछन् । रोकिएका अधिकाश काम सम्पादन हुनेछन् । नोकरी तथा राजनीतिबाट धेर थोर लाभ हुनेछ । समाजमा इज्जत प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । स्वतन्त्र व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम कुराको तालमेल मिलाउन सकिने छैन । लगनशिलता बढाउनु होला । अरुका कामलाई कम प्राथमिकता दिनुहोला नत्र आफ्ना काम अधुरा रहनेछन् । यात्राको सम्भावना लाई नकार्न सकिन्न । धार्मिक काममा सक्रियता बढ्नेछ । आस्था र विश्वास अझै पलाउने छैन । इज्जत प्रतिष्ठाको ख्याल राख्नु होला । समस्या घट्दै जानेछन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): काम कुरामा नै सिमित हुने देखिन्छ । नयाँ काममा लगानी नबढाउनु होला उपलब्धि विहिन हुनेछ । अनावस्यक चिन्ताले सताउन सक्छ । आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ । आज दिएको धन फिर्ता नहुनसक्छ । अरुको भर परेर काम गर्नु भयो भने दुःख पाउनु हुनेछ । इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया