शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,शरदृतुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७साल कार्तिक २५ गते भौमबार नेपाल सम्बत ११४० कौलागा,तदनुसार सन् २०२० नोभेम्बर १०तारिक कार्तिक कृष्णपक्ष दशमी तिथि राती १०वजेर ३८ मिनेटसम्म (जापानमा राती १ वजेर ५३ मिनेटसम्म),पूर्वफाल्गुनी नक्षत्र राती ३ वजेर १ मिनेटसम्म ( जापानमा मघा नक्षत्र प्रातः ७ वजेर १९ मिनेटसम्म उप्रान्त पूर्वफाल्गुनी नक्षत्र ), ऐन्द्रियोग,वणिजकरण, आनन्दादियोग धूम्र ( जापानमा काल ), सूर्य तुला राशिमा, चन्द्रमा सिंह राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): महिलाका कारण केहि अप्ठ्यारो पर्न सक्छ । दुविधमा नपरि कार्य योजना अगाडि बढाउनु होला । मान्यजन सँग विवाद पर्न सक्छ । साझेदारी काममा हात नहाल्नु होला । अरुको काम गरेर जश कम मिल्नेछ । काम गर्दा अरुका कुरा बढि नसुन्नु होला र भर पनि नपर्नु होला । विवाद नगरी काम गर्नु होला । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): काम काजमा त्यति ध्यान जाने छैन । उत्साहा उमङ्ग घट्नेछ । उपलब्धि विहिन काममा बढि समय खर्च हुनेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । मनमा कुरा खेल्न छोड्ने छैन । घरयासी खर्च बढ्नेछ । भौतिका सुखानुभूति कम हुनेछ । आलोचना बढ्न सक्छ । आफन्तमा मनमुटाव बढ्न सक्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): उपलब्धिको संरक्षण गर्ने तिर जोड दिनुहोला । काम गर्न ढिला सुस्ति गरेमा सोचे जस्तो उपलब्धि हात पार्न सकिन छैन । तर सामान्यतया आज गरेका काम भने सफल हुनेछन् । व्यवसायमा सानातिना समस्या आउने छन् तर ती सवै मेहनतबाट नै हटेर जानेछन् । कुरा भन्दा काममा जोड दिनु होला । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । आर्थिक कारोवार गर्दा सुरक्षित विधि अप्नाउनु होला । धन भन्दा श्रम बढि लगानी गर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): चित्त शुद्धिका साथ कर्म क्षेत्रमा लाग्नु होला । सानो हेलचक्र्याईले धेरै क्षति हुनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुका कुरा धेरै नपत्याउनु होला घाटा हुनेछ । कारोवार गर्दा सर्तक रहनु होला । ज्ञान पहिचान नभएका विषय बस्तुमा ऋण लगानी नगर्नु होला । परिवारमा साना तिना विवाद उठ्नेछन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कर्ममा जोड दिनु होला । सवैलाई आफ्ना ठानेर काम गर्दा दुख पाउन सकिन्छ । व्यापारमा,व्यवसायमा सामान्य उतार चढाव आउनेछ तर अन्तिममा केहि फाइदा लिन सकिने छ । समयमा काम गर्ने कोशिस गर्नु होला पछि गर्छु भनेर काम साच्नु भयो भने उपलब्धि गुम्नेछ । आतिथ्यताको लागि निम्ता आउने सम्भावना देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयले आज पनि साथ दिने देखिन्न । नयाँ कार्य योजनाहरु अगाडि नबढाउनु होला । व्यापार व्यवसायबाट आम्दानी भन्दा खर्च बढि हुनेछ । विश्वास र भरोसा टुट्ने काम हुनेछ । रिस,क्रोध र अहंकारलाई नियन्त्रण गर्नु होला । मिथ्या आरोप लाग्न सक्छ सतर्क रहनुहोला । अप्ठ्रोमा परेका वेला आफन्तले पनि धकेल्ने छन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आएको अवसरको पूर्ण सदुपयोग गर्न पछि नपर्नु होला । समयमा गरेका कामबाट उचित प्रतिफल निस्कनेछ । आफन्तको सहयोग र सल्लाहामा काम गर्दा केहि सहज महशुस हुनेछ । संचित धन बढ्नेछ । काम गर्दा गोपनियता अप्नाउन नभुल्नु होला । बाह्य व्यक्तिको भर परेर कुनै काम नगर्नु होला पछि पश्चताप गर्नु पर्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय चक्र राम्रो चलेको छ । कर्ममा जोड दिनु होला ,भाग्य साथ दिनेछ । विगतमा असहयोग गर्ने पनि सहयोगको हात फैलाउन पछि पर्ने छैनन । काम सरल तरिकाबाट बन्नेछन् । आफ्नो काम सम्पन्न गर्न अरुको मुख भने नताक्नु होला । गएका ठाँउमा मान सम्मान पाईनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयमा पूर्ण सुधार देखिदैन तर कामले विस्तारै गति लिनेछ । आर्थिक कुराले भने बढि पिरोल्नेछ । भाग्यले थोरै साथ दिने देखिन्छ । परिवारिक सन्तुष्टि कम मिल्नेछ । विवादमा नफस्नु होला । धर्म कर्म तिर मन जानेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा खासै प्रगति हुने छैन । धन दिने काम नगर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दिन प्रतिकुल नै देखिन्छ । काम गराईको तलमेल मिल्ने छैन । अहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ । मानसिक चिन्ताले छाड्ने छैन । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । काम गर्ने जोश जागर मरेर आउनेछ । आफन्तमा विवाद पर्ला । कामको वीचमा दुख दिने धेरै हुनसक्छन् सतर्क रहनु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दिन सामान्य अनुकुल देखिन्छ । अरुको भर नपरि काम गर्नु होला गरेका काम प्राय सफल हुनेछन् । ढिला सुस्ति गर्दा उपलब्धि गुम्नेछ । व्यापार व्यवसायबाट आँशिक लाभ हुनेछ । विवादित काममा हात नहाल्नु होला । पारिवारिक सुख शान्ति मिल्नेछ । हेलचक्र्याई गरेर काम नगर्नु होला । विदेश यात्राको सम्भावना बढि नै देखिन्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): प्रतिश्पर्धात्मक काममा सफलता मिल्नेछ । खेलाडीको लागि दिन अनुकुल हुनसक्छ । पढाई लेखाई तिर भन्दा अन्य काम तिर चासो बढ्नेछ । आम्दानीका नयाँ क्षेत्र देखा पर्ने छन् । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । काम गर्दा गोपनियता भङ्ग नगर्नु होला पछि आफैलाइै घाटा हुनेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया