शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,शरदृतुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल कार्तिक २४गते सोमबार नेपाल सम्बत ११४० कौलागा,तदनुसार सन् २०२० नोभेम्बर ९ तारिक कार्तिक कृष्णपक्ष नवमी तिथि राती १२ वजेर १८ मिनेटसम्म ( जापानमा राती ३ वजेर ३३ मिनेटसम्म ),मघा नक्षत्र राती ४ वजेर ४ मिनेटसम्म (जापानमा अश्लेषा नक्षत्र विहान ८ वजेसम्म उप्रान्त मघा नक्षत्र ),ब्रह्मयोग,तैतिलकरण,आनन्दादियोग ध्वाँक्ष,सूर्य तुला राशिमा,चन्द्रमा ( जापानमा विहान ८ वजेसम्म कर्कट उप्रान्त सिंह राशीमा ) सिंह राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): तनावमा कमि आउनेछ । दुविधामा नपरि योजना बनाएर काम गर्नु होला थोरै भए पनि सफलता मिल्नेछ । काम गर्दा बाहिरी प्रभाव बढि पर्न सक्छ त्यतातिर ध्यान दिनु होला । व्यापार व्यवसायबाट सोचे जस्तै प्रतिफल नमिल्न सक्छ । नोकरी र राजनीतिबाट कुनै उपलब्धि हात लाग्ने छैन । पठन पाठनमा सन्तोषजनक प्रगति हुने छैन ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): काम गर्ने जोश जागर विस्तारै घट्नेछ । सुख,शान्तिमा कमि आउनेछ । आलोचना बढ्न सक्छ । घरयासी खर्चमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । धन माल हराउन सक्छ होशियारी अप्नाउनु होला । पढाई लेखाईमा सन्तोषजनक प्रगति हुनेछैन । सवैलाई विश्वास गर्नु गलत हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): काममा देखिएका समस्या कम भएर जाने छन् । कुरामा भन्दा काममा जोड दिनुहोला । काममा स्थायीत्व दिनु पर्ने देखिन्छ । कार्य क्षमता,दक्षता बढ्नेछ । उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । आर्थिक कारोवारमा भने चनाखो रहनु होला । सहयोग गर्ने भन्दा माग्ने बढि हुनेछन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आफन्तको सहयोग मुखको मात्रै हुनेछ । अस्थिरताले आफुलाई कमजोर बनाउनेछ । आर्थिक क्षेत्रमा सामान्य सुधार आउनेछ । व्यापार व्यवसायमा लगानी नबढाउनु होला । गरेका कामबाट सामान्य आम्दानी हुनेछ । अन्योललाई चिरेर अगाडि बढ्नु पर्ने देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): गलत चिन्तन हट्नेछ । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । मनोरञ्जनमा बढि ध्यान जान सक्छ । आफ्नै बाहुबलमा आर्थिक उन्नतिका काम हुनेछन् । लगानी अनुसारको व्यापार व्यवसायबाट आम्दानीम हुनेछ । सम्बन्धमा सुधार आउनेछ । सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ । चुनौति सामना गर्ने सामथ्र्यता बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): काम गरेर आफुलाई होइन अरुलाई कमाई दिने मात्र हुनेछ । अनावस्यक विवाद पर्न सक्छ सचेत रहनुहोला । व्यापार व्यवसायमा गिरावट आउनेछ । आवेगमा आएर कुनै निणर्य नगर्नु होला क्षति धेरै हुनसक्छ । व्यर्थको घुमाई फिराई हुनेछ । मिथ्या अरोप लाग्न सक्छ । जोखिम मोलेर काम नगर्नु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समस्या समाधान गर्न सक्षम हुनुहुनेछ । आय आर्जनका दृष्टिले दिन उपलब्धिपूर्ण रहला । गरेका काम उदारणीय हुनेछन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । परिवारबाट सहयोग पाईनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । वैदेशिक कार्य अगाडि बढ्ने छन् ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आफ्नै पहलमा पुराना समस्या समाधान हुनेछन् । कर्म गर्न पछि नपर्नु होला भाग्यले साथ दिनेछ । अरुको कुरामा लाग्नु भयो भने उपलब्धि गुम्नेछ । आर्थिक कारोवारमा भने थोरै सतर्क रहनु होला । नोकरी तथा राजनीतिमा अवसर खोजी हुनेछ तर पाउने सम्भावना न्यून देखिन्छ । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समय सुधारोन्मुख देखिन्छ । मानसिक तनावमा थोरै कमि आउनेछ । बाहिरी काममा बढि समय दिदा उपलब्धिका काम गुम्न सक्छन् । अर्थ अभावका कारण हुनुपर्ने काममा ढिला सुस्ति हुनेछ । गुमेको आस्था र विश्वास पलाउनेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम नै रहनेछ । लेनदेन कारोवारमा सचेत रहनुहोला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समय प्रतिकुल देखिन्छ । दैनिक काम काजमा अवरोध आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । परिवारमा मनमुटाव बढ्न सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । आवेगमा आएर काम नगर्नु होला । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर हुनेछ । अरुको विश्वास र भरोसामा काम गर्दा धोका खाईनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विवादको अन्त्य हुनेछ । काममा निरासा र पूर्ण असफल होइन तर आशा गरे अनुरुपको सफलता मिल्ने छैन । स्वव्यवसायबाट आय आर्जन थोरै बढ्नेछ । साथि भाई तथा इष्ट मित्रबाट सामान्य सहयोग पाईनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): शत्रुको बक्रदृष्टि पर्ने हुदा काम गर्दा सतर्क रहनुहोला । कार्य सम्पादनाम कठिनाइ आउनेछ । ती कठिनाईहरु मेहनतबाट पार गर्नु पर्नेछ । कार्य गोपनियता आवस्यक देखिन्छ । बाहिरी काममा मन जानेछ नियन्त्रण गर्नु होला । व्यापार व्यवसायमा भने विस्तारै सुधार आउने देखिन्छ । पुराना मुद्धाको टुङ्गो लाग्न सक्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया