शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,शरदृतुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल कार्तिक २३ गते रविबार नेपाल सम्बत ११४० कौलागा,तदनुसार सन् २०२० नोभेम्बर ८ तारिक कार्तिक कृष्णपक्ष अष्टमी तिथि राती १ वजेर ३६ मिनेटसम्म ( जापानमा ९ तारिक विहान ४ वजेर ५१ मिनेटसम्म ),अश्लेषा नक्षत्र राती ४ वजेर ४५ मिनेटसम्म (जापानमा तिष्य नक्षत्र विहान ८ वजेर ३ मिनेटसम्म उप्रान्त अश्लेषा नक्षत्र), शुक्लयोग, बालवकरण, आनन्दादियोग वज्र,सूर्य तुला राशिमा, चन्द्रमा राती ४ वजेर ४५ मिनेटसम्म (जापानमा अहोरात्र कर्कट) कर्कट उप्रान्त सिंह राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सानो कुरा लिएर ठुलो बखेडा हुनसक्छ । लगानीका क्षेत्रमा हात नहाल्नु होला । अस्थिरताले अनिष्ट निम्त्याउनेछ । उत्तरदायित्व वहन गर्न नसक्दा आलोचित भईनेछ । व्यापार व्यवसायमा अझै सुधार आउने देखिन्न । आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आर्थिक उन्नतिका सम्भावना अझै देखिन्छ । भाई बन्धु श्रीमति तथा सन्तानबाट सुख शान्ति मिल्नेछ । आफ्नै बाहुबलबाट धेरै कामको टुङ्गो लगाईनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मुद्धामा जित हुनेछ । ऋण लगानी भने नगर्नु होला । काममा ढिला भने कत्ति पनि नगर्नु होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आम्दानीका मार्ग कमजोर देखिन्छ । संचित धनमा ह्रास आउन सक्छ । अरुको भर नपर्नु होला ,सहयोग गर्ने भन्द खुट्टो तान्ने बढि हुनेछन् । व्यापार व्यवसायमा आएको मन्दि कायम रहने देखिन्छ । इष्टमित्रमा मनमुटाव बढ्न सक्छ । इच्छा विपरितका काम हुदा तनाव बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन सामान्य अनुकुल देखिन्छ । समयको सदुपयोग गर्न पछि नपर्नु होला । साझेदारीमा हात नहाल्नु होला, लापर्वाहिले आफैलाई नोक्सान पु¥याउनेछ । लाभका काममा भन्दा मनोरञ्जनमा बढि ध्यान जानेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । विवादित काममा हात नहाल्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): श्रमको मुल्य हराउने देखिन्छ । सहयोग गर्दा उल्टो दोष पाईनेछ । आफन्तमा झै–झगडा पर्न सक्छ । व्यय मार्ग बढि खुल्ला देखिन्छ । आशाहरु निरासामा परिणत हुनसक्छन् । जोखिम मोलेर कुनै काम नगर्नु होला क्षति धेरै हुनसक्छ । व्यापार व्यवसायमा घाटा हुनेछ । चोटपटक आदिको भय देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयमा गरेका काम सम्पन्न हुनेछन् । ढिलो गरेमा प्राप्त उपलब्धि पनि गुम्ने छन् । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । आफन्तको सहयोग कम मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । कमाएको धनलाई वचाउन भने गाह्रो हुनेछ । ऋण लगानी नगर्नु उत्तम हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विचलित नभई काम गर्नु होला अवस्य गन्तव्यमा पुग्न सक्नु हुनेछ । अरुको भर नपर्नु होला आफैले बातावरण मिलाएर काम गर्नु होला । चुनौतिका विच धेरै काम बन्ने छन् । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । ज्ञान र शिपको प्रयोग गरेर अगाडि बढ्नु होला । घर बाहिर बसेर गरेका काम बढि फलदायी हुनेछन् ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय सुधारोन्मुख देखिन्छ । कामले विस्तारै गति लिनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । उपकारी काममा मन जानेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । बाह्य काममा समय बढि दिनु भयो भने आफ्ना काम अधुरा रहने छन् । राज्यका काम बढि झन्झटिला हुनेछन् । आफन्तको सहयोग कम मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): नकरात्म दिशा तिर पाईला जान सक्छन् मनलाई नियन्त्रण गरेर अगाडि बढ्नु होला । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्नेछ । शरीरिक एवं मानसिक कमजोरी बढ्नेछ । लेनदेन कारोवारमा समस्या आउने देखिन्छ । व्यापार व्यवसायमा अवनति हुनेछ । संचित धनमा ह्रास आउनेछ । सहयोग गर्ने भन्दा धोका दिने धेरै हुनेछन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काममा जीवन साथिको सहयोगको महत्वपूर्ण भूमिका हुनेछ । लगनशिल भई समयमा गरेका अधिकाँश काम सम्पन्न हुनेछन् । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । विवादित काममा हात नहाल्नु होला । हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने अवस्था आउन सक्छ त्यतातिर पनि सचेत हुनुहोला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): सफलता असफलता आफ्नै हातमा छ, अरुले सहयोग गर्ने छैनन उल्टो खुट्टो तान्ने छन् । प्रतिश्पर्धाबाट टाढा नभाग्नु होला । परिश्रम पूर्वक गोपनियता अप्नाई गरेका कामबाट लाभान्वित हुनुहुनेछ । संघर्षबाट मात्र उपलब्धि हात लाग्नेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । मुद्धा मामिलामा जीत हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आर्थिक कारण काममा ढिला सुस्ति हुनेछ । लगानी मैत्री बातावरण देखिदैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । आफ्ना मान्छेको काम गरेर जश कमै मिल्नेछ । स्पष्ट कार्य दिशा तय गर्न नसक्दा उपलब्धि गुमाउनु पर्नेछ । पढाई लेखाईमा अवरोध आउने देखिन्छ । सुरक्षित यात्रा गर्नु होला ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया