शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,शरदृतुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल कार्तिक ४ गते भौमबार नेपाल सम्बत ११४० कौलाथ्व,तदनुसार सन् २०२० अक्टोबर २० तारिक आश्विन शुक्लपक्ष चतुर्थी तिथि अपरान्ह४ वजेर ४२ मिनेट सम्म (जापानमा राती ७ वजेर ५७ मिनेटसम्म), अनुराधा नक्षत्र विहान ९ वजेर ४० मिनेटसम्म (जापानमा मध्यान्ह १२ वजेर ५५ मिनेटसम्म), सौभाग्ययोग, भद्राकरण, आनन्दादियोग वज्र, सूर्य तुला राशिमा, चन्द्रमा वृश्चिक राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): असान्दर्भिक गतिविधि बढि हुनेछन् । भाग्यले साथ कम दिनेछ । लेनदेन कारोवारमा समस्या आउनेछ । काम गर्दा विभिन्न खालका समस्या आउने छन् । मनमा अशान्ति बढ्नेछ । घरमा बस्न मन लाग्ने छैन । गरेको लगानीबाट प्रतिफल पाईने छैन । शारीरिक एवं मानसिक दूर्वलता बढ्नेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): ग्रह,गोचर सामान्य देखिन्छ । आर्थिक कुरालाई ध्यान राखेर योजना बनाउनु होला । ऋण लगानी नगर्नु होला । साझेदारी काममा हात नहाल्नु होला । पारिवारिक सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । समयको सदुपयोग गर्नु होला । व्यापार व्यवसायबाट थोरै आम्दानी बढ्नेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): अहार विहारमा ध्यान दिनु होला । आफ्नो काम गर्न आफै अगाडि बढ्नु होला । यदि अरुलाई जिम्मा दिएमा पछि समस्यामा परिनेछ । प्रतिश्पर्धा बाट पछि नहट्नु होला । मेहनतबाट नै सफलताका सिढि चढ्न पाईनेछ । विवादित कुराको टुङ्गो लाग्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । कारोवार गर्दा सोच विचार गर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दुविधा बढ्नेछ । समयले पूर्ण साथ दिने छैन । सहज रुपमा कहि कतै केहि हुने छैन । मनमा एक प्रकारको भय त्रास रहि रहनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छैनन् । धन सम्पति एवं पारिवारिक चिन्ताब बढ्नेछ । सहयोग गर्ने कर्मै भेटिने छन् । अहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्यमा समस्या आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समय त्यति अनुकुल देखिन्न । हेलचक्र्याई नगरि काम गर्नु होला । आफन्तका कारण धन खर्च हुनेछ । व्यापार व्यवसायबाट आम्दानीको तुलनामा खर्च बढि हुनेछ । अरुबाट सहयोगको आशा राख्नु गलत सवित हुनेछ । के गर्ने के नगर्ने भन्ने अन्योलता बढ्न सक्छ । यात्रामा समस्या आउनेछ । पढाई र सन्तानको बारेमा बढि चिन्ता हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समग्र दिन अनुकुल जस्तै देखिन्छ । कार्य क्षमतामा कुनै कमि आउने छैन । आफन्तको सहयोग अल्प मिल्नेछ । तर आफ्नै बाहुबलबाट धेरै कामको सम्पादन हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अरुको धेरै भर परेर काम नगर्नु होला । समयको सदुपयोग गर्नु होला । काममा ढिला सुस्ति गरेमा अवसर गुम्ने सम्भावना रहन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन मध्यम खालको देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । वित्तिय कारोेबारमा विशेष चनाखो रहनु होला । उधारो कारोवारले डुबाउनेछ । साथी भाई इष्टमित्रबाट सहयोग कम मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी सोचे जस्तो हुने छैन । काममा साना तिना समस्या आई रहने देखिन्छ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): विचारमा परिवर्तन आउन सक्छ । दुविधामा नपरि काम गर्नु होला । समयमा गरेका काम सफल हुनेछन् । गरेका कामबाट उपलब्धि पनि सन्तोषजनका नै हुनेछ । साझेदारी काममा हात हाल्दा एक पटक सोचेर मात्रै हाल्नु होला । स्वतन्त्र व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । आफन्तको अल्प सहयोग मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समग्रमा आजको दिन पनि प्रतिकुल जस्तै देखिन्छ । आयको तुलनामा व्यय बढि हुनेछ । विरोधीको संख्या थपिनेछ । व्यापारमा उधारो कारोवार बढि हुनेछ । स्वागत सत्कारमा धन खर्च हुनेछ । सजग हुनुहोला मित्रबाट धोका हुनसक्छ । अन्योलता बढ्नेछ । भ्रम मुक्त भएर काम गर्नु होला । नयाँ लगानी नबढाउनु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): पारिवारिक सहयोग,सुझब र सल्लाहामा काम गर्दा बढि उपलब्धि हात लाग्नेछ । हिसाव किताव गरेर काम गर्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । घरमा शुभ कार्य हुनेछ । थोर प्रयत्न गरेमा बक्यौता रकम उठ्ने छ । खर्च नियन्त्रण गर्नु पर्ने देखिन्छ । समयको महत्वको ख्याल राख्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयले साथ दिने देखिन्छ । लगनशिल भई महत्वकाँक्षी नबनि काम गर्नु होला सफलता मिल्नेछ । वैदेशिक कार्य योजना आँशिक सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । कार्य क्षेत्रबाट बाहिर नजानु होला । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । विरोधीका कारण लाभान्वित हुने अवस्था आउन सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): भावावेगमा आएर कुनै काम नगर्नु होला । भाग्य भन्दा कर्ममा जोड दिएर अगाडि बढ्नु होला । अरुको काममा आफ्नो भविष्य नदेख्नु होला । व्यापारमा आएको मन्दि कामय रहने देखिन्छ । भेटघाटमा बढि समय जानेछ । मित्रबाट सहयोगको अपेक्षा कम राख्नु होला । अबरुद्ध योजना विस्तारै अगाडि बढ्ने छन् । कारोवारमा सुधार आउनेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया