शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,शरदृतुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत२०७७ साल आश्विन ३० गते शुक्रबार नेपाल सम्बत ११४० अनलागा,तदनुसार सन् २०२० अक्टोबर १६ तारिक अधिक आश्विन कृष्णपक्ष औसी तिथि राती १ वजेर ५३ मिनेटसम्म (जापानमा चतुर्र्दशी तिथि विहान ७ वजेर २८ मिनेटसम्म उप्रान्त औसी तिथि), हस्ता नक्षत्र अपरान्ह ४ वजेर ३ मिनेटसम्म (जापानमा राती ७ वजेर १८ मिनेटसम्म), ऐन्द्रियोग,चतुष्पदकरण,आनन्दादियोग अमृत,सूर्य कन्या राशिमा, चन्द्रमा राती ३ वजेर १४ मिनेटसम्म (जापानमा अहोरात्र) कन्या उप्रान्त तुला राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन संघर्ष पूर्ण रहनेछ । शत्रुहरुलाई कमजोर देखेर काम नगर्नु होला । प्रयत्नबाट धेरै अधुरा काम सम्पादन हुनेछन् । संकल्प पुरा हुनेछन् । व्यापर व्यवसायबाट आम्दानी बढ्नेछ । स्वास्थ्य अनुकुल रहनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । पारिवारिक समस्या समाधान भएर जानेछन् । राजनीति र खेलाडीको लागि दिन बढि अनुकुल देखिन्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): हरेक क्षेत्रमा समस्या आउने देखिन्छ तर प्रयत्नबाट केहि समाधान हुनेछन् । भ्रममा नपर्नु होला । यात्रामा सामान्य समस्या आउन सक्छ । व्यापार व्यवसायबाट सोचे लाभ लिन सकिने छैन । पढाई लेखाईमा ध्यान जानेछ । आफन्तबाट पराईको व्यवहार हुनेछ । आफुमा भएको उर्जालाई सहि प्रयोग गर्न सके केहि उपलब्धि हात लाग्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आम्दानीका दृष्टिले दिन कमजोर देखिन्छ । पारिवारिक खर्च अत्याधिक हुनेछ । व्यापार व्यवसायमा समस्या आउनेछन् । राज्यसँग सम्बन्धित काममा बढि समस्या आउने देखिन्छ । भौतिक सुखमा कमि आउनेछ । धन सम्पति नास हुने देखिन्छ । स्वास्थ्यमा समस्या आउन सक्ने प्रवल सम्भावना रहेकोछ । आफ्नाबाट नै पराईको व्यवहार हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आम्दानीका दृष्टिले दिन कमजोर देखिन्छ । पारिवारिक खर्च अत्याधिक हुनेछ । व्यापार व्यवसायमा समस्या आउनेछन् । राज्यसँग सम्बन्धित काममा बढि समस्या आउने देखिन्छ । भौतिक सुखमा कमि आउनेछ । धन सम्पति नास हुने देखिन्छ । स्वास्थ्यमा समस्या आउन सक्ने प्रवल सम्भावना रहेकोछ । आफ्नाबाट नै पराईको व्यवहार हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सवैलाई आफ्नो ठानेर काम गर्दा धोका हुनेछ । ऋण लगानी नगर्नु होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । दुष्ट चाण्डाल सँग भेट हुनसक्छ । मनलाई नियन्त्रण गरेर काम गर्नु होला । पहिलो प्रयास असफल हुनसक्छ । दोहो¥याएर गरेका काम सफल हुनेछन् । कृषि औजार तथा यान्त्रिक कामबाट बढि लाभ हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): काम गर्ने उत्साह बढ्नेछ । डर त्रासका कारण सहयोग मिल्नेछ । अनावस्यक खर्चमा कमि आउनेछ । रोकिएका काम अगाडि बढ्नेछ । काम गर्र्ने उत्साहा बढ्नेछ । भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । काममा वोलीको प्रभाव पर्नेछ । संचित धन बढ्नेछ । इष्टमित्रबाट सहयोग मिल्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयले कम साथ दिनेछ । राम्रो गर्न खोज्दा नराम्रा काम हुनसक्छन् । स्त्रीबाट सहायोग मिल्नेछ । चाण्डालको संगत हुनसक्छ सतर्क रहनुहोला । विना उदेश्यको यात्रा हुनसक्छ । व्यापार घट्ने तथा खर्चमा वृद्धि हुनेछ । घरका समस्याले मनलाई अशान्ति बनाउनेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । अरुको भर नपर्नुहोला धोका हुनसक्छ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आकस्मिक आम्दानीको योग देखिन्छ । ज्ञान,शिप र वुद्धिको विकास हुनेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । महत्वकाँक्षी योजना अगाडि बढ्ने छन् । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । राजनीति तथा नोकरीमा कार्य भार थपिन सक्छ । सहयोगी मन भेटिने छन् । मित्र भेट होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): बाधा अवरोधहरु विस्तारै किनारा लाग्ने छन् । कामलाई निरन्तरता दिनु होला अवस्य सफल हुुनुहुनेछ । आर्थिक कारोवारमा भने सचेत रहनु होला । आफन्त भए पनि आन्तरिक कुरा नखोल्नु होला । आफ्नै प्रयासमा महत्वपूर्ण काम हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्नु पर्ला । पढाईमा प्रगति हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयले पूर्ण साथ दिने देखिन्न । कामको स्पष्ट रेखा कोर्न नसक्दा अलमलमा दिन व्यतित हुने देखिन्छ । तर लगनशिल भई गरेका काम भने सफल हुनेछन् । साझेदारी काममा हात नहाल्नु होला । नोकरी तथा राजनीतिमा आंशिक सफलता मिल्नेछ । उत्सवहरुमा सहभागि हुने अवसर प्राप्त हुनेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दिन प्रतिकुल हुनसक्छ । गरेको परिश्रम खेर जान सक्छ । काम गर्ने वातावरण विग्रिन सक्छ । खानपानका कारण स्वास्थ्यमा समस्या आउनेछ । कहि कतैबाट आस्था र विश्वासमा चोट पुग्न सक्छ । खर्चालु र कष्टपूर्ण यात्रा हुनसक्छ । व्यापार व्यवसायमा गरेको लगानी बालुवामा पानी राखे सरावर हुनसक्छ विचार पु-याउनु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): सामान्यतया ग्रह,गोचर अनुकुल देखिन्छ । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । आफन्तको सहयोग मिल्नेछ । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । मेहनत गर्न गाह्रो भए पनि परिणामले सन्तुष्टि बनाउने छ । घर छोडेर बाहिर जानु पर्ने स्थिति आउन सक्छ । दामपत्य जीवनमा सामान्य सुखानुभूति हुनेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया