शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,शरदृतुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल आश्विन२८ गते बुधबार नेपाल सम्बत ११४० अनलागा,तदनुसार सन् २०२० अक्टोबर १४ तारिक अधिक आश्विन कृष्णपक्ष द्वादशी तिथि विहान ८ वजेर २३ मिनेटसम्म (जापानमा पूर्वान्ह ११ वजेर ३८ मिनेटसम्म),पूर्वफाल्गुनी नक्षत्र साँझ ६ वजेर ५८ मिनेटसम्म (जापानमा राती १० वजेर १२ मिनेटसम्म), शुक्लयोग, तैतिलकरण, आनन्दादियोग स्थिर, सूर्य कन्या राशिमा, चन्द्रमा राती १२ वजेर ३८ मिनेटसम्म (जापानमा राती ३ वजेर ५३ मिनेटसम्म) सिंह उप्रान्त कन्या राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): चिन्तन धेरै काम थोरै हुने सम्भावना बढि देखिन्छ । काम गर्दा अलमलमा नपर्नु होला समयमा निणर्य लिन सकिएन भने आएको अवसर पनि गुम्न सक्छ । अरुको काम गरेर जश कम मिल्नेछ । काम गर्दा अरुका कुरा बढि नसुन्नु होला र भर पनि नपर्नु होला । विवाद नगरी काम गर्नु होला । आर्थिक कारोवारमा चनाखो हुनुहोला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): भेटघाटमा दिन व्यतित हुनेछ । कार्य क्षमता घट्नेछ । उपलब्धि विहिन काम बढि हुनेछन तर गर्नु पर्ने कामले प्राथमिकता पाउने छैन । व्यापार व्यवसायमा खासै प्रगति हुने छैन । मनमा कुरा खेल्न छोड्ने छैन । घरयासी खर्च बढ्नेछ । कसैको पनि काम गरेर जश पाईने छैन । मनमा अशान्ति बढ्नेछ । आलोचना बढ्न सक्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): काम गर्न ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । आज गरेका अधिकाँश काम भने सफल हुनेछन् । स्वव्यवसायमा सानातिना समस्या आए पनि मेहनत गरेमा स्वतह हटेर जाने छन् । कुरा भन्दा काममा जोड दिनु होला । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । धन लगानी भन्दा श्रम लगानी बढि गर्नुहोला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सोचे जस्तो गरे जस्तो कहि कतै नहुनसक्छ । भावावेगमा आएर कुनै निणर्य नगर्नु होला । आर्थिक कुराले बढि पिरोल्नेछ । कारोवार गर्दा सर्तक रहनु होला । ऋण लगानी नगर्नु होला । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । काम गर्दा विभिन्न खालका समस्या आउने छन् । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन सामान्य अनुकुल देखिन्छ । सवैलाई आफ्ना ठानेर काम गर्नु भयो भने दुख पाउनु हुनेछ । व्यापारमा, व्यवसायमा सामान्य उतार चढाव आउनेछ तर अन्तिममा थोरै लाभ हुनेछ । वोल्दा विचार पु-याउनु होला नत्र आफैलाई घाटा हुनेछ । धन दिएर आफ्नो बनाउने प्रयत्न नगर्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आजको दिन पनि प्रतिकुल नै देखिन्छ नयाँ कार्य योजनाहरु अगाडि नबढाउनु होला । व्यापार व्यवसायबाट आम्दानी भन्दा खर्च बढि हुनेछ । विश्वास गरेकाले धोका दिनेछन् । रिसलाई नियन्त्रण गर्नु होला । नगरेका कामको दोष आफुले लिनु पर्ने अवस्था आउन सक्छ । अप्ठ्रोमा आफन्तले बचाउने छन् । अतिथि खर्च बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आएको अवसरको पूर्ण सदुपयोग गर्न पछि नपर्नु होला पछि पश्चताप हुनेछ । दिन अनुकुल नै छ गरेका काम सफल हुनेछन् । काम गरे अनुसारको उपलब्धि हासिल हुनेछ । आय व्ययमा परिणत हुनसक्छ विचार पु¥याउनु होला । पारिवारिक खर्चमा कुनै कमि आउने छैन । काम गर्दा गोपनियता अप्नाउन नभुल्नु होला ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय चक्र राम्रो चलेको छ । कर्म र भाग्य दुवै बलियो देखिन्छ । विगतमा असहयोग गर्ने पनि सहयोगको हात फैलाउन पछि पर्ने छैनन । काम सरल तरिकाबाट बन्नेछन् । आफ्नो काम सम्पन्न गर्न अरुको मुख ताक्नु पर्ने छैन । गएका ठाँउमा मान सम्मान पाईनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयमा पूर्ण सुधार देखिदैन । अनावस्यक कुरामा टाउको दुखाई बढि हुनेछ । आर्थिक कुराले बढि पिरोल्नेछ । भाग्यले थोरै साथ दिने देखिन्छ । परिवारबाट कम सन्तुष्टि मिल्नेछ । कामले विस्तारै गति लिनेछ । विवादमा नफस्नु होला । धर्म कर्म तिर मन जानेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आजको दिन पनि प्रतिकुल नै देखिन्छ । वोलाई र गराईको तलमेल मिल्ने छैन । अहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ । मानसिक चिन्ताले छाड्ने छैन । व्यापार व्यवसायमा मन्दि नै आउनेछ । काम गर्ने जोश जागर बढ्ने छैन । आफन्तमा विवाद पर्ला । कामको वीचमा दुख दिने धेरै हुनसक्छन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): अरुको भर नपरि काम गर्नु होला आज गरेका काम प्राय सफल हुनेछन् । काम साच्नु भयो भने साचिने छन् । उपलब्धि पनि गुम्नेछ । व्यापार व्यवसायबाट आँशिक लाभ हुनेछ । विवादित काममा हात नहाल्नु होला । थोरै भए पनि पारिवारिक सुख शान्ति मिल्नेछ । हेलचक्र्याई गरेर काम नगर्नु होला । यात्राको सम्भावना टरेको छैन ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): प्रतिश्पर्धात्मक काममा सफलता मिल्नेछ । खेलाडीको लागि दिन अनुकुल हुनसक्छ । पढाई लेखाई तिर भन्दा अन्य काममा बढि चासो रहनेछ । आम्दानीका नयाँ क्षेत्र देखा पर्ने छन् । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । काम गर्दा गोपनियता भङ्ग नगर्नु होला पछि आफैलाइै घाटा हुनेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया