शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,शरदृतुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल आश्विन२५ गते रविबार नेपाल सम्बत ११४० अनलागा,तदनुसार सन् २०२० अक्टोबर ११ तारिक अधिक आश्विन कृष्णपक्ष नवमी तिथि मध्यान्ह १२ वजेर १६ मिनेटसम्म ( जापानमा अपरान्ह ३ वजेर ३१ मिनेटसम्म ),तिष्य नक्षत्र राती ९ वजेर १४ मिनेटसम्म ( जापानमा राती १२ वजेर २९ मिनेटसम्म ),सिद्धियोग,गरकरण,आनन्दादियोग श्रीवत्स,सूर्य कन्या राशिमा,चन्द्रमा कर्कट राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सचेत भएर अगाडि बढ्नु होला । आकस्मिक खर्च वृद्धिले कार्य क्षेत्रमा असर पु¥याउनेछ । व्यवहारिक सहयोग गर्ने कोहि हुने छैनन । अरुको काम गरेर जश मिल्ने छैन । पारिवारिक समस्या बढ्नेछन् । काममा अवरोध आउने देखिन्छ । व्यापारबाट आम्दानी घट्न सक्छ । आफन्तबाट विश्वासघात हुन सक्छ । धन सम्पति चोरी वा हराउन सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आफ्नै बाहुबलबाट अधिकाँश काम सम्पादन हुनेछन् । अरुको बोलीको विश्वासमा केहि नगर्नु होला पछि धोका दिन सक्छन् । रोकिएका अधिकाँश काम सम्पन्न हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । मुद्धा मामिलामा जीत हुनेछ । राजनीति तथा नोकरीमा कम सफलता मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): अरुसाँग घुलमिल धेरै नगर्नु होला,तपाईको कमजोरीको फाइदा अरुले उठाउने छन् । आफ्नै ज्ञान,बुद्धि र शिपको प्रयोग गरेर काम गर्नु होला । समयको महत्व बुझ्न सकिएन भने धेरै अवसर गुमाउनु पर्नेछ, ध्यान दिनुहोला । आर्थिक कारोवारमा नियन्त्रण गर्नु पर्र्ने देखिन्छ । प्रयत्नहरु सफल हुनेछ । शब्द नफुत्काउनु होला घाटा हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दृष्ढ निश्चयका साथ काममा लाग्नुहोला । खर्चमा नियन्त्रण आउनेछ । महिलाका कारण काममा अप्ठ्यारो पर्न सक्छ चनाखो रहनुहोला । लगनशिल भई गरेका काम सफल हुनेछन् । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ । स्वतन्त्रण प्रकृतिका व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । झमेलाबाट मुक्ति भने मिल्ने छैन ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): महत्वकाँक्षी योजना अगाडि नबढाउनु होला क्षति धेरै बेहोर्नु पर्नेछ । घमण्डले आफैलाई घाटा हुनेछ । सहयोग गर्ने कोहि हुने छैन,मिठा र चिल्ला कुराको पछि नदौडिनु होला दुःख पाईनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । नोकरी तथा राजनीतिमा असफलता मिल्नेछ । आम्दानीको तुलनामा खर्च बढि हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आश्वासनका भरमा मात्रै काम नगर्नु होला । मान्यजनको आशिर्वाद लिएर काम गर्नु होला । आफुमा भएको ज्ञान र शिपको सदुपयोग गर्न सके उपलब्धि राम्रै हात लाग्नेछ । आकस्मिक धन हात पर्ने योग देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आर्जनलाई वचत गर्न गाह्रो हुनसक्छ । राजनैतिक चासो लिएर कुनै फाइदा छैन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समस्याबाट टाढा नभागि काम गर्नु होला सफल हुनुहुनेछ । हतारमा गरेका निर्णय गलत हुनेहुदा सोच विचार अगाडि बढ्नु होला । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुहुनेछ । तपाईलाई सहयोग गर्ने भन्दा सहयोग माग्ने बढि हुनेछन् ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काममा देखिएका समस्या कम हुनेछन् । भाग्यले थोरै साथ दिदा केहि सहजता महशुस हुनेछ । आफ्नो काम छोडेर अरुको कामतिर नलाग्नु होला आफैलाई घाटा हुनेछ । शैक्षिक गतिविधि अगाडि बढ्ने छन् । पारिवारिक खर्च नियन्त्रण गरेर काम गर्नु होला । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): सचेत भएर अगाडि बढ्नु होला कुनै पनि समस्या काबु भन्दा बहिर जाने सम्भावना धेरै देखिन्छ । मानसिक तनाव बढ्नेछ । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । आर्थिक संरचनालाई नचलाउनु होला गडबढ हुनसक्छ । अरुको कुरा सुनेर काम गर्नु भयो अथवा लगानी गर्नु भयो भने डुब्नु हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): विवादित काममा हात नहाल्नु होला । उधारो छोडेर नगदमा काम गर्नु होला नत्र पछि समस्या पर्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । साझेदारी काम त्यति सफल देखिन्न । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोमा केहि काम हुनेछन् । वैदेशिक काममा थोरै सफलता मिल्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काममा शत्रुको बक्रदृष्टि पर्नेछ सचेत भएर आगाडि बढ्नु होला । सवैलाई आफ्नो ठानेर काम गर्ने अवस्था रहने छैन । संघर्ष विना कहि कतै केहि हुने छैन । मेहनतको अन्तिम परिणाम भने सुखद रहनेछ । मुद्धा मामिला जीत हुनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । नयाँ कामको अभ्यास हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): विना तयारी काम गर्दा धेरै अधुरा रहनेछन् । काममा सक्रिता बढाउनु पर्ने देखिन्छ । दोमन भएर केहि नगर्नु होला । बाह्य कुरामा लाग्नु भयो भने पछि परिनेछ । शैक्षिक र न्याय मार्ग कमजोर देखिन्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । सहयोग गर्ने मन भएका कमै भेटिने छन् । कुटनैतिक विधि अप्नाएर काम गर्नु होला ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया