शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,शरदृतुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल आश्विन२३ गते शुक्रबार नेपाल सम्बत ११४० अनलागा,तदनुसार सन् २०२० अक्टोबर ९ तारिक अधिक आश्विन कृष्णपक्ष सप्तमी तिथि मध्यान्ह १२ वजेर ३६ मिनेटसम्म ( जापानमा अपरान्ह १५ वजेर ५१ मिनेटसम्म ),आद्र्रा नक्षत्र राती ८ वजेर ३७ मिनेटसम्म ( जापानमा राती ११ वजेर ५२ मिनेटसम्म ),परिघयोग,बवकरण,आनन्दादियोग पद्म,सूर्य कन्या राशिमा,चन्द्रमा मिथुन राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विना योजना,विना तयारी अगाडि नबढ्नु होला । बास्तुकला,उत्पादनशिल कार्य,सांगितिक क्षेत्र तथा अतिथि सत्कार पेशा व्यवसायबाट लाभान्वित हुनुहुनेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा भूमिकमको खोजी हुनेछ । काममा ढिला सुस्ति नगर्नु होला पछि पश्चताप हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): अल्छिपन त्यागि काममा लाग्नुहोला । लेनदेन कारोवारमा चनाखो रहनुहोला । आफन्तबाट पराईको व्यवहार हुनसक्छ सचेत रहनु होला । कामलाई हल्का रुपमा नलिनु होला । प्रयत्नपूर्व गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आस्था र विश्वास घट्न सक्छ । घरयासी खर्च बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आफुमा भएको ज्ञान र शिपलाई प्रयोग गरी अगाडि बढेमा धेरै उपलब्धि हात लाग्नेछ । आर्थिक कुराले बढि पिरोल्ने देखिन्छ । परिवारमा देखिएका समस्या केहि समाधान हुनेछन् । देश,प्रदेश यात्राको योग बनिरहेको छ । व्यापार व्यवसायमा उन्नति प्रगतिको राम्रो सम्भावना देखिन्छ । सयमयमा कार्य सम्पादन गर्ने प्रयत्न गर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): उत्पादनशिल कार्यबाट आय आर्जन घट्नेछ । गलत विचारको शिकार हुने सम्भावना पनि त्यतिकै देखिन्छ । कुनै क्षेत्रमा लगानी नबढाउनु होला । मिथ्या कुराले सताउनेछ । पारिवारिक समस्या बढ्ने छन् । आलस्यता बढ्नेछ । काम गरेर जश कमै मिल्नेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विवादबाट टाढा बस्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): औषधी चिकित्सा तथा कृष औजार एवं हातहतियार सम्बन्धि कामबाट फाइदा बढि हुनेछ । शत्रुसँगको लडाईबाट लाभान्वित हुनुहुनेछ । विवादको अन्त्य हुनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनसक्छ । समयमा काम सम्पन्न गर्ने प्रयत्न गर्नु होला नत्र पछि पश्चताप हुनेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): सहयोग गर्ने भन्दा सहयोग माग्ने बढि हुनेछन् । आफन्तबाट रचनात्मक सहयोग पाईनेछ । प्रयत्नबाट नयाँ काम हात पारिनेछ । नोकरी तथा राजनीतिमा बढि दखल हुनेछ । गरेका काम काजमा सफलता मिल्नेछ र मुल्याङ्कन राम्रै हुनेछ । खर्चमा  नियन्त्रण आउनेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । वोलीको भरमा काम हुनेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): ठेक्का पट्टा तथा एजेन्सीका कामबाट थोरै राहात मिल्नेछ । शैक्षिक तथा न्याय मार्गमा सफलता मिल्नेछ । घरका कुराले मनलाई बढि नै पिरोल्नेछ । काम गरेर जश भन्दा अपयश बढि मिल्नेछ । यात्राको सम्भावना देखिन्छ । घर छोडेर हिड्न मन लाग्ने छ । साना साना काम सफल गर्न पनि दखल बढि नै गर्नु पर्नेछ । गोपनियता भङ्ग नगर्नु होला ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):तापईको कार्य क्षेत्रको यात्रा मृगतृष्णा जस्तै हुनेछ । अनावस्यक विषय बस्तुले मानसिक चिन्ता बढाउनेछ । अहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवारमा विवाद पर्न सक्छ । शारीरिक शिथिलता बढ्नेछ । व्यापार घटनेछ । भाग्यमा अवरोध आउन सक्छ । अशाहरु निराशामा परिणत हुनेछन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):कार्य क्षेत्रमा नक्कलीहरुको प्रवेश हुनसक्छ सतर्क भएर काम गर्नु होला । कामबाट पूर्ण सन्तुष्टि नमिले पनि निरासा भने हुनु पर्ने छैन । आयात तथा निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । काममा हेलचक्रयाई नगरी समयमा सम्पन्न गर्ने प्रयत्न गर्नुहोला । रजोगुण बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):वैदेशिक काममा हात नहाल्नु होला । परिवारमा विवाद बढ्न सक्छ । अर्काको कुरा सुनेर काम नगर्नु होला क्षति धेरै हुनसक्छ । गोपनियता अप्नाई लगनशिल भई गरेका अधिकाँश काम सम्पादन हुनेछन् । फाइदा पनि लिन सकिनेछ । समयलाई बुझेर काम गर्न सकेमा सफलताको नजिक पुगिने छ । खेलाडीको लागि दिन बढि उपलब्धिपुर्ण रहला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मनमा शान्ति मिल्ने छैन । काममा दुविधा उत्पन्न हुनेछ । राज्य शक्तिको दुरुपयोग गरेर तपाईलाई कसैले दुःख दिन सक्छ सतर्क रहनुहोला । कृषि क्षेत्रमा लगानी नबढाउनु होला । पढाई लेखाईमा सामान्य सुधार आउनेछ । अकारण धन खर्च गर्नु पर्ने अवस्था आउन सक्छ । नोकरीबाट सन्तुष्टि मिल्ने छैन । यात्रामा कष्ट हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आन्तरिक समस्या समाधान गर्न नसक्दा उपलब्धि गुम्न सक्छ समयमा सचेत हुनुहोला । आफुले गरेका कामले आफुलाई भन्दा अरुलाई बढि फाइदा पुग्न सक्छ । शैक्षिक र न्यायिक क्षेत्र कमजोर देखिन्छ । लेनदेन कारोवारमा सचेत रहनुहोला । घरयासी खर्चमा वृद्धि हुनेछ । काम गर्ने जोश जागर घट्नेछ । पारिवारिक जमघट बढ्न सक्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )

तपाईको प्रतिक्रिया